बहुमतको सरकारसँग निहुँ खोज्दैनौँ : सभापति देउवा « Khabarhub

बहुमतको सरकारसँग निहुँ खोज्दैनौँ : सभापति देउवा


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् ।

आइतबार आफ्नो निवास बूढानीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका हुन् । तर नेपाली कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने बताए ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ नखोज्ने पनि सभापति देउवाले बताए । आफूहरू प्रधानमन्त्रीका लागि मरिमेटेर नलाग्ने पनि बताए ।

उनले भने, ‘प्रचण्डजीहरूले समर्थन फिर्ता लिएको छैन । त्यसमानेमा बहुमतकै सरकार छ अहिले । बहुमतको सरकार भएको बेलामा हामीले अरू कुनै कुरा सोच्ने कुरा छैन । त्यसकारण हामीले बहुमतकै सरकार मानेका छौँ । बहुमतको सरकारमा हामीले निहुँ खोज्ने कुरा छैन । हामीलाई प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने कुरा पनि छैन । हामी प्रधानमन्त्री पदका लागि लालायित छैनौँ। तर राजनीतिक परिस्थितिबाट यदि भोलि हामीले नै नेतृत्व गर्नुपर्ने अवस्था आयो भने हामी पछाडि हट्दैनौँ ।’

सभापति देउवाले वर्तमान राजनीति तरल अवस्थामा रहेको भन्दै स्थिति यतै जान्छ भनेर भन्न सक्ने अवस्था नरहेको बताए । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरिसकेपछि संसदीय व्यवस्था अझै सुदृढ हुने विश्वास पनि सभापति देउवाले व्यक्त गरे ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  २ : १० बजे

वीरेन्द्रनगरकी मेयर ढकाल दोस्रोपटक केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं- नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट कर्णाली प्रदेशको राजधानी

रवि छुट्ने भएपछि नख्खु कारागारमा कार्यकर्ताको भीड (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले रिहा गर्ने

शपथलगत्तै एमालेले बोलायो पहिलो केन्द्रीय कमिटी बैठक

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक

एमालेको ७२ खुला केन्द्रीय सदस्यमा ५२.७८ प्रतिशत ब्राह्मण जातिका मात्रै

काठमाडौं– नेकपा (एमाले)को ११औँ महाधिवेशनमा खुला केन्द्रीय सदस्यतर्फ भएको मतदानमा

जाँचबुझ आयोगको म्याद एक महिना थपियो

काठमाडौं– सरकारले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको