महानगरले बुधबारदेखि ‘नेपाल भाषा’का शिक्षक पठाउने « Khabarhub

महानगरले बुधबारदेखि ‘नेपाल भाषा’का शिक्षक पठाउने


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आगामी बुधवारदेखि ‘नेपाल भाषा’ शिक्षकहरुलाई विद्यालयमा पढाउने तयारी गरेको छ ।

महानगरले पहिलो पटक लागु गर्न लागेको स्थानीय पाठ्यक्रम ‘नेपाल भाषा’ अध्यापनको गत माघ २८ गते करार सेवामा शिक्षकको विज्ञापन खुलाएको थियो । १७२ जना शिक्षक माग गरेकोमा ५१६ जनाको आवेदन दिएका थिए ।

महानगरले आवेदन खुलाएका मध्ये छनौटमा परेकालाई १०० पूर्णाङ्कको प्रयोगात्मक र १० पूर्णाङ्कको मौखिक गरी जम्मा ११० पूर्णााङ्कको परीक्षा लिएको थियो । छनौट भएका शिक्षकहरुलाई तालिम दिएर आगमी मंगलबार विद्यालयमा जानको लागि प्रमाण पत्र वितरण गर्ने र बुधवारदेखि शिक्षकहरु विद्यालयमा जाने महानगरपालिकाको शिक्षा विभागका अधिकृति मोतिराज खनालले बताए ।

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार हरेक स्थानीय तहले १०० पुर्णाङ्कको स्थानीय पाठ्यक्रम तयार गरेर यही शैक्षिक सत्रबाट लागु गर्नुपर्ने हुन्छ ।
सोही प्रारुप अनुसार काठमाडौँ महानगरपालिकाले स्थानीय पाठ्यक्रममा तयार गरेको हो ।

पाठ्यक्रममा महानगरपालिकाले आफ्नो क्षेत्रभित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक र प्राकृतिक स्वरूप, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपिजस्ता पक्ष समेटेर पाठ्यक्रम तयार पारेको छ । पाठ्यक्रम अनुसार नेपाल भाषामा पाठ्युस्तक तयार पारेको छ ।

स्थानीय पाठ्यक्रम लागु भएसँगै १ देखि ८ कक्षा सम्मका विद्यार्थीहरूले थप १०० पूर्णाङ्कको पाठ्यक्रम पढ्नुपर्ने हुन्छ ।

कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूका १०० पूर्णाङ्ककै प्रयोगात्मक पाठ्यक्रम राखिएको छ । कक्षा ४ र ५ का लागि ७५ पूर्णाङकको प्रयोगात्मक र २५ पूर्णाङ्को सैद्धान्तिक राखिएको छ । कक्षा ६, ७ र ८ का लागि ५० पूर्णाङ्कको सैद्धान्तिक र ५० पूर्णाङ्कको प्रयोगात्मक राखिएको छ ।

महानगरभित्र ९२ वटा सामुदायिक विद्यालय मध्ये ८६ वटा साधारण, ३ वटा विशेष र ३ वटा विद्यालय बन्दीका लागि छन् । संस्थागत विद्यालयको संख्या ६४० छ ।

यी सबै विद्यालयमा गत मंसिरमा स्थानीय पाठ्यक्रमको पढाइ शुरू हुनुपर्ने भए पनि विषयगत शिक्षक अभावका कारण कक्षा सञ्चालनमा हुन सकेको छैन ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  २ : ५९ बजे

आज २०८३ साल साउन १६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १६ गते शनिबार सन् २०२६

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका