गोर्खा सैनिकका लोकभाका र कथा प्रकाशित « Khabarhub

गोर्खा सैनिकका लोकभाका र कथा प्रकाशित


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रज्ञा–प्रतिष्ठानले १०६ वर्ष अगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ ।
पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी भएका गोर्खाली सैनिकले सुनाएका लोकगीत, लोककथा, आत्मकथा, निबन्ध र गाउँखाने कथ सङ्कलन गरेर ‘युद्धबन्दी गोर्खालीका लोकभाका र कथा’ नामक कृति प्रकाशन गरिएको हो ।

प्रथम विश्वयुद्धमा बेलायतका पक्षबाट युद्ध गर्ने गोर्खाली सैनिक जर्मनीमा बन्दी बनाइएका समयमा जर्मन प्रा हाइनरिक ल्युडर्सद्वारा तिनको बासस्थानमा नै गएर अभिलेख गरिएका र जर्मनीको हुम्बोल्ड विश्वविद्यालयको ध्वनि सङ्ग्रहालयमा आजसम्म पनि सुरक्षित राखिएका लोकसामग्रीको सूचना पाएपछि प्रज्ञा–प्रतिष्ठानले सङ्कलन गरी प्रकाशन गरेको हो ।

प्रज्ञा–प्रतिष्ठान, साहित्य (बालसाहित्य र लोकवार्ता) विभागको अनुसन्धान परियोजनाअन्तर्गत रहेर हाल अष्ट्रियाको भियना विश्वविद्यालयमा प्राध्यापनरत डा अलका आत्रेय चूडालले ती सामग्रीलाई ध्वनिबाट लिपिमा उतार्ने काम गरेकी हुन् । तीन परिच्छेदमा विभाजित सो कृतिको पहिलो परिच्छेदमा प्रस्तुत सामग्रीको स्रोत, खोजी र प्राप्तिका सन्दर्भमा महत्वपूर्ण जानकारी प्रस्तुत गरी विश्लेषण गरिएको तथा दोस्रो परिच्छेदमा गोर्खाली युद्धबन्दीका लोकभाका र कथा राखिएका छन् ।

गोर्खाली सेनाले गाएका लोकगीत, सवाई, फुटकर गीत र सिलोक, ख्याली, हिन्दी गीत, भजन, दोहा र सिलोक, सोरठीजस्ता गेय विधा तथा लोककथा, आत्मकथा, निबन्ध र केही गाउँखाने कथाजस्ता गद्य विधाका ऐतिहासिक महत्त्व राख्ने ८६ लोकसामग्री समेटिएको प्राज्ञ डा देवी नेपालले जानकारी दिए । उनले भने, “यी ऐतिहासिक सामग्रीमा युद्धबन्दी गोर्खालीका कथा र व्यथा समेटिएका छन् । साथै परिशिष्ट खण्डमा राखिएका तिनका नाम, नेपालको ठेगाना, त्यतिबेलाको उमेर, तिनले सुनाएको विधा र रेकर्ड मितिजस्ता कुराले कृतिलाई झनै आधिकारिक र प्रामाणिक बनाएको छ । ती सामग्री पढ्दा र त्यो इतिहासको स्मरण गर्दा आज जोकोही पनि भावुक बन्ने अवस्थामा कृतिले पुर्‍याउने छ ।”

दुई सय २० पृष्ठको ऐतिहासिक कृति हाल प्रज्ञा–प्रतिष्ठानमा भइरहेको बृहत् पुस्तक प्रदर्शनीमा राखिएको प्रज्ञा–प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  १० : ३० बजे

सिक्लेसमा एकै महिनामा पाँच हजार ५३ पर्यटक

गण्डकी – सन् २०२६ को जनवरीमा कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा

झापामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

झापा – यहाँको गौरादह नगरपालिका—४ मा आज साँझ ट्र्याक्टर दुर्घटना

भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ

काठमाडौँ- भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा भारतीय सुरक्षाकर्मीले छापा

चितवनमा सडक जाम गरेर सभा गर्न खोज्ने तीन जना पक्राउ

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनले सडक जाम गरेर सभा

घुससहित भन्सार अधिकृत पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको वैदेशिक