उदयपुर गढीमा खानेपानीको हाहाकार « Khabarhub

उदयपुर गढीमा खानेपानीको हाहाकार


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– पर्यटकीयस्थलका रुपमा चिरपरिचित रहँदै आएको गढी गाउँपालिकाको उदयपुर गढी क्षेत्रमा खानेपानीको चरम समस्या भएको छ ।

डेढ महिनादेखि सो क्षेत्रमा पानी लिफ्टिङ्ग गर्ने जेनेरेटर बिग्रिएकोले खानेपानीको हाहाकार भएको हो । स्थानीय होटेल व्यवसायी तथा घरबास (होमस्टे) सञ्चालक कृष्ण धमलाले गढी क्षेत्रमा खानेपानीको समस्या भएको जानकारी दिए ।

तीन किलोमिटर दूरीमा रहेको जोगिधाराबाट लिफ्टिङ्ग गरेर पानी तान्ने गरिएको थियो । यसबाट गढी गाउँपालिकाको कार्यालयसहित झण्डै ५० घरले पानीको उपयोग गर्दै आएका थिए । केही स्थानीयवासी दुई घण्टा लाग्ने जोगिधारा र कोही नौ किलोमिटर वैद्यनाथ खोलाबाट ट्र्याक्टरमा पानी बोकाएर खान बाध्य छन् । गढी घुम्न आउने पर्यटकसमेत पानीको समस्या देखेर गढीमा बास बस्न छाडेका छन् भने घुम्न आउने पर्यटकको सङ्ख्या पनि ह्वात्तै घट्न पुगेको होमस्टे सञ्चालक देवराज राईले जानकारी दिए ।

गाउँपालिकाका उपाध्यक्ष सानुकुमारी राउत भन्छिन, “केही वर्षदेखि गढी क्षेत्रमा खानेपानी समस्या समाधान गर्न जोगिधाराबाट लिफ्टिङ्ग गरेर गढीका ५० घर जनतालाई धाराबाट पानी वितरण गर्दै आएका हौँ । केही महिनादेखि प्राविधिक समस्याका कारण खानेपानीको समस्या आयो ।”

उनले गढी क्षेत्रमा बिजुली आइसकेको र मेशिन सञ्चालन गर्न तेल नचाहिने हुँदा खानेपानीको समस्या छिट्टै समाधान हुने दाबी गरे ।

गाउँपालिकाका अध्यक्ष मोहन केपीछाके मगरले खानेपानी समस्या समाधान वैद्यनाथ खोलादेखि नै पानी लिफ्टिङ्ग गरेर गढी क्षेत्रसम्म पुर्‍याउन लागिएको जानकारी दिए । गढी समुद्री सतह देखि दुईहजार मिटरको उचाइरमा रहेको एतिहासिक पर्यटकिय स्थल हो । तत्कालीन राजा पृथ्बीनारायण शाहका फौजले आक्रमण गर्नु अघि गढीमा उदयसेन राजाले राज्य गरेको बताइएको छ ।

गढीमा एक हजार वर्ष पुरानो वरको रूख रहेको छ भने पञ्चावती देवीको मन्दिर जस्ता महत्वपूर्ण मन्दिर पनि छ । गढीबाट उत्तरतिर एकैपटक ६ वटा हिमशृङ्खलाहरु अवलोकन गर्न सकिन्छ । गढीबाट दक्षिणतिर तराईको धनुषाको जनकपुर, सिरहा, सप्तरीसहित पश्चिमतिर सिन्धुली रामेछाप, ओखलढुङ्गा उत्तर खोटाङ र भोजपुर क्षेत्र एकैचोटि अवलोकन गर्न सकिन्छ ।

एक सय गन्तव्यको सूचीमध्येमा गढी पनि रहेको छ । खानेपानीको समस्याका कारण गढीका धेरै जनता गाउँ छाडेर अन्यत्र बसाइँ सर्ने क्रम बढ्दै गएको छ । विसं २०६४ सम्ममा गढीक्षेत्रमा २२० घर रहेको भए पनि बसाइँ सर्ने क्रम बढ्दै गएपछि अहिले ५० घर मात्र रहेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ९ : ४५ बजे

खाडी नाकाबन्दीले युद्ध झन् चर्किने संकेत

एजेन्सी– अमेरिका र इरानबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।

केपी ओलीको शल्यक्रिया सकियो, आइसियुमा सारिँदै

काठमाडौं–   पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक

पूर्वप्रधानमन्त्री ओलीको शल्यक्रिया सफलतापूर्वक सम्पन

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

काठमाडौं– वाणिज्य बैंकहरूले आगामी २०८३ वैशाख महिनाका लागि नयाँ ब्याजदर

नयाँवर्षमा ठमेलमा सडक महोत्सव हुने

काठमाडौं– नेपाली नयाँवर्ष २०८३ को अवसरमा सङ्घीय राजधानीको प्रमुख पर्यटकीय