प्रदेश १ को हिउँदे अधिवेशन अन्त्यको घोषणा « Khabarhub

प्रदेश १ को हिउँदे अधिवेशन अन्त्यको घोषणा


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर । प्रदेश १ को प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । माघ ७ गते शुरू भएको प्रदेशसभाको सातौं अधिवेशन मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेका हुन् ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि प्रदेशसभाको हिउँदे अधिवेशन माघ ७ गतेको लागि बोलाइएको थियो ।

विपक्षी दलहरूले चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरू सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुबर्षे विकास आयोजनाको काम सुचारु गर्नुपर्ने माग गर्दै पछिल्ला बैठक अवरुद्ध गरिरहेका थिए । आइतबारको बैठक शुरूमै प्रतिपक्षले उठेर विरोध जनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले आफ्ना कुरा राख्न प्रतिपक्षलाई समय उपलब्ध गराएका थिए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले आफूहरूले उठाएका माग पूरा नभएसम्म विरोध जारी रहने दोहोर्‍याएका थिए । पटक पटक प्रतिपक्ष सांसदलाई बस्न आग्रह गरेपनि अटेर गरेपछि अवरोधका बीच सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन अन्त्यको पत्र पढेर सुनाएका थिए ।

अधिवेशन अन्त्य भएपछि प्रदेश सरकारका प्रवक्ता एव आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रतिपक्षले सरकारलाई आफ्ना कुरा राख्ने मौका पनि नभएकाले अधिवेशन अन्त्यको गर्नु सरकारको बाध्यता भएको बताए ।

गएको माघ ७ गतेबाट शुरु भएको हिउँदे अधिवेशन कुल २ घण्टा ३१ मिनेट चलेको थियो । यो अवधि कुल आठ वटा बैठक संचालन भएपनि कार्यव्यवस्था तथा परामर्श समितिको सल्लाहमा तय गरेको कार्यसूचीमा बैठक प्रवेश नै नगरी अधिवेशन अन्त्य भएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ४ : ३५ बजे

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका