हिँडिरहेकी महिलाको बिभत्स हत्या, देवर पक्राउ « Khabarhub

हिँडिरहेकी महिलाको बिभत्स हत्या, देवर पक्राउ


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अनामनगरमा एक महिलाको हत्या भएको छ । अनामनगरस्थित बुलबुले मार्गमा हिँडिरहेको महिलाको हत्या भएको प्रहरीले जनाएको छ ।

यो घटना शनिबार साँझको हो । साँझ ७ बजेको समयमा बाटोमा हिँडिरहेकी ४८ वर्षीय रोशनी राजभण्डारीलाई फलामको रड प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । हत्याको अभियोगमा उनकै देवर पक्राउ परेका छन् ।

घटनाको अनुसन्धान भइरहेको जानकारी दिँदै महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी सुशील सिंह राठौंरले फलामको रड प्रहारबाट हत्या भएको पाइएको बताए ।

उनले भने, ‘महिला बाटोमा हिँडिरहेकी थिइन। त्यही समयमा आएर हानेको बुझिएको छ। थप अनुसन्धान गरिरहेका छौँ ।’

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार हत्या गरेपछि मृतकका देवर मोहनराज राजभण्डारी आफैँ प्रहरी कार्यालय पुगेका थिए ।

पहिलेदेखिनै देवर भाउजुबीच मनमुटाव भएकाले रिसइबीका कारण आवेगमा हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ३ : १७ बजे

आज २०८३ साल साउन १६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १६ गते शनिबार सन् २०२६

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका