बोक्सीको आरोपमा महिलालाई मलमुत्र खुवाउने युवक पक्राउ « Khabarhub

बोक्सीको आरोपमा महिलालाई मलमुत्र खुवाउने युवक पक्राउ


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा – बोक्सीको आरोपमा महिलालाई कुटपिट गरी यातना दिने युवक पक्राउ परेका छन् ।

प्रहरीका अनुसार औरही गाउँपालिका–५ की ५० वर्षीय हिरादेवी साहलाई बोक्सीको आरोपमा कुटपिट गरी जबर्जस्ती मलमूत्र कोच्याएको आरोपमा २९ वर्षीय घुरन साह पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी सुदिप राजभण्डारीका अनुसार बोक्सी भन्दै कुटपीट गरेको आरोपमा पीडितकै भतिजलाई पक्राउ गरिएको हो । घटनाको विषयमा उजुरी नआएका कारण पीडित महिलालाई जिल्लामा ल्याउने प्रयास भइरहेको एसपी राजभण्डारीले बताए ।

पीडित हिरादेवीले गाईलाई टुना गरेर मारेको आरोपमा जेठाजुका छोरा र बुहारीले कुटपिट गर्दै मानव मलमूत्र खुवाएका आरोप लगाएकी छन् । भतिज घुरनले कुटपिट गर्दै भुइँमा लडाएपछि बुहारीहरू कौशिला, निशा र कविताले जबर्जस्ती मानव मलमूत्र मुखमा कोचेको उनले बताइन् ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ३ : ३० बजे

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन