प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता, सहमति कार्यान्वयन नभएकोमा विप्लवको असन्तुष्टि « Khabarhub

प्रधानमन्त्री ओली र विप्लवबीच भेटवार्ता, सहमति कार्यान्वयन नभएकोमा विप्लवको असन्तुष्टि


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ ।

भेटमा सरकारसँग भएको तीन बुँदे समझदारीअनुसार बन्दीको रिहाइ नभएको प्रति विप्लवले गुनासो गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री र विप्लवबीच पहिले भएका सहमति कार्यान्वयन र समसामयिक राजनीतिक विषयमा कुराकानी भएको जानकारी दिए ।

विप्लवले वार्तामा भएका सहमति कार्यान्वयनका बारेमा चासो राखेका थिए । प्रधानमन्त्री ओलीले सरकारले यथाशक्य छिटो बन्दी रिहाइको तयारी गरेको र मुद्दा खारेजी हुने जानकारी दिएका थिए ।

देशको पछिल्लो राजनीतिक घटनाक्रम डरलाग्दो ढंगले अघि बढेको र यसलाई सही मार्गमा ल्याउन अग्रगामी र दीर्घकालीन समाधान खोज्ने विषयमा समेत सहमति भएको छ ।

हिजो मात्रै प्रधानमन्त्री ओली र वार्ता टोलीका प्रमुख तथा प्रवक्ता प्रकाण्डबीच छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीसँगको भेटमा आज मात्रै पदमुक्त भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई पनि सहभागी थिए भने नेकपाका तर्फबाट महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागी थिए ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ४ : ५६ बजे

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका