नेपालमा एकैदिन १०९६ जनामा कोरोना पुष्टि, काठमाडौँ उपत्यकामा मात्रै ४३५ थपिए « Khabarhub

नेपालमा एकैदिन १०९६ जनामा कोरोना पुष्टि, काठमाडौँ उपत्यकामा मात्रै ४३५ थपिए


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १०१५ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८१ जनामा कोरोना पुष्टि भएको हो ।

५०८४ जनाको पीसीआर र ६९९ को एन्टिजेन परीक्षण गरिएको उनले जानकारी दिए ।

मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३२६ जना काठमाडौँमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।

योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८४ हजार ६७३ पुगेको छ ।

यसैगरी २४ घण्टामा २६२ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७५ हजार ३०० पुगेको छ । निको हुनेको दर ९६.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ८ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ८३ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ४ : ५० बजे

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल

मस्कले ल्याए उड्ने कार

काठमाडौं- टेस्ला कम्पनीका प्रमुख एवम् विश्वका धनाढ्य खर्बपति एलोन मस्कले

आईसीसी एसिया कन्फ्रेन्स नेपालमा हुने

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सहकार्यमा नेपाल क्रिकेट संघ

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन