एन आई सी एशिया बैंकको एपमा ‘कस्टुमर केयर’ सेवा उपलब्ध « Khabarhub

एन आई सी एशिया बैंकको एपमा ‘कस्टुमर केयर’ सेवा उपलब्ध


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–एन आई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपमा ‘कस्टुमर केयर’ सेवाको शुरुवात गरेको छ ।

डिजिटल बैंकिङ्गका क्रममा आइपर्ने ग्राहकका समस्या समाधान तथा उनीहरुका जिज्ञासालाई यथोचित सम्बोधन गर्न बैंकले मोबाइल एपमा सो सेवाको शुरुवात गरेको हो ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप आफ्ना सेवा तथा सुविधाहरूलाई डिजिटल मैत्री बनाउने क्रममा कस्टुमर केयर शुरु गरेको बैकले जनाएको छ ।

बैंकको एप भित्र रहेको कस्टुमर केयर आइकनमा ट्याप गरेपश्चात् निम्नलिखित सुविधा उपलब्ध छन् :

च्याटबट : मोबाइल बैंकिङ्ग एपभित्र रहेको यस सुविधाभित्र ग्राहक महानुभावहरूले बैंकको अनलाईन सेवाहरू (ईन्टरनेट/मोबाइल/भाइबर/ , विदेशी विनिमय दर, गुनासो, अलाइन एप्लिकेसन, बैंकिङ्ग समय, जस्ता विषयमा जानकारी पाउनको लागि सोझै च्याटमार्फत सजिलै प्राप्त गर्न सकिनेछ ।

बैंकको प्रतिनिधिसँग सिधा सम्पर्क : यसमार्फत ग्राहक महानुभावहरूले बैंकबाट उपलब्ध हुने कार्ड, डिम्याट, मेरो शेयर, कर्जा, अनलाईन खाता, रेमिट्यान्स लगायतका सेवाका बारेमा बैंकका सम्बन्धित कर्मचारीलाई नै सिधै फोन गरेर आफ्नो जिज्ञासा वा गुनासो गर्न तथा सेवाबारे थप जानकारी प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ ।

गुनासो टिकट : ग्राहक महानुभावहरूले आफ्नो जिज्ञासा तथा गुनासोलाई टिकटमार्फत दर्ता गर्न सक्नुहुनेछ र आफ्नो जिज्ञासा तथा गुनासो समाधानको अवस्थाको रियल टाइम ट्र्याकिङ समेत सजिलै गर्न सकिनेछ ।

भिडियो ट्युटोरियल : बैंकका डिजिटल सेवाहरूको प्रयोग गर्ने तरिका बारे तयार गरिएको जानकारी मुलक भिडियो सामग्रीहरू समेत ग्राहक महानुभावहरूले हेरी डिजिटल सेवाहरू आफै उपभोग गर्न सकिनेछ ।

ईमेल सुविधा : ग्राहक महानुभावहरूले यस कस्टुमर केयरभित्र भित्र रहेको ईमेल आइकनमा क्लिक गरी बैंकलाई सिधै ईमेल पठाउन सक्ने व्यवस्था समेत रहेको छ ।

एफएक्यूएस : बैंकका सेवा तथा सुविधाबारे धेरै सोधिने प्रश्नहरू तथा तिनका उत्तरहरू अध्ययन गरेर ग्राहक महानुभावहरूले आफ्नो जिज्ञासा मेटाउन समेत सक्ने व्यवस्था मिलाइएको छ ।

ग्राहकहरुले जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल प्रयोग गरी यस बैंकका सेवा सम्बन्धी जानकारी लिन, गुनासो एवं आफ्नो बैंकिङ्ग आवश्यकतालाई हरसम्भव बैंक समक्ष पुर्‍याउन यो सुरुवात निकै प्रभावकारी हुनुका साथै यसबाट ग्राहकलाई सन्तुष्टि बृद्धि गर्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  १ : १७ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष