‘फेन्टास्टिक बिट्स’ अभिनेता केभिनलाई जेल सजाय « Khabarhub

‘फेन्टास्टिक बिट्स’ अभिनेता केभिनलाई जेल सजाय


४ जेष्ठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– हलिउड फिल्म ‘फेन्टाटिस्क बिट्स एण्ड ह्वेर टु फाण्ड देम’का स्कटिस अभिनेता केभिन गुथ्रीलाई यौन शोषणको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ ।

बीबीसीका अनुसार ३३ वर्षका केभिनमाथि स्कटल्याण्डको ग्लास्गोमा रहेको एक अपार्टमेन्टमा एक महिलालाई यौन शोषण गरेको आरोप लागेको थियो । यो सन् २०१७ को घटना हो ।

तर केभिनले ग्लास्गोको शेरिफ कोर्टमा ती महिला बिरामी भएकाले आफूले सहयोग गरेको भन्दै आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए ।

केभिनले आफूमाथि लागेको आरोप अस्वीकार गरे पनि महिलाको अण्डरवेयरमा केभिनको डीएनए पाइएको थियो । कोर्टमा भएको चार दिनको ट्रायलपछि केभिनलाई दोषी पाइएको थियो ।

केभिन दोषी ठहरिएपछि उनलाई स्कटल्याण्डको सेक्स अफेण्डर्सको सूचीमा सदाका लागि राखिएको थियो ।

घटनाअनुसार २९ वर्षकी महिला आफ्नो साथी रेड र केभिनसँग मिटिङ लागि भेट्न जाँदा बाटोमा बिरामी भएकी थिइन् । यो कुरा थाहा पाएपछि रेड र केभिनले मिलेर उनलाई ट्याक्सीमा रेडको घरमा पुर्याएका थिए ।

रेडले नेशनल हेल्थ सर्भिसको हेल्पलाइनमा फोन गरेर उपचारका लागि आउन भनेकी थिइन् । जुन समयमा केभिन र ती एउटै कोठामा थिए ।

रेडका अनुसार उनी एक कामले गर्दा अर्को कोठातिर गएकी थिइन् । त्यही समयमा केभिनले यौन शोषण गर्नु अघि उनको कपडा उतारेका थिए र गलत नियतले शरीरका विभिन्न अंगमा छोएका थिए । कोठामा फर्किरहँदा केभिनको हर्कत देखेपछि रेडले रोकेकी थिइन् ।

कामको कुरा गर्दा केभिनले सन् २०१६ मा रिलिज फिल्म ‘फेन्टास्टिक बिट्स एण्ड ह्वेर टु फाइण्ड देम’ र सन् २०१८ को फिल्म ‘फेन्टास्टिक बिट्सः द क्राइम्स अफ ग्रिन्डेलवेल्ड’मा मिष्टर एबरनेथीको भूमिका निर्वाह गरेका थिए ।

यसबाहेक उनले क्रिस्टोफर नोलनको फिल्म ‘डनकिर्क’ र ब्रिटिश च्यानल ४ को सिरिज ‘मिसफिट्स’मा पनि अभिनय गरेका थिए ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  १ : १० बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया