‘फेन्टास्टिक बिट्स’ अभिनेता केभिनलाई जेल सजाय « Khabarhub

‘फेन्टास्टिक बिट्स’ अभिनेता केभिनलाई जेल सजाय


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– हलिउड फिल्म ‘फेन्टाटिस्क बिट्स एण्ड ह्वेर टु फाण्ड देम’का स्कटिस अभिनेता केभिन गुथ्रीलाई यौन शोषणको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ ।

बीबीसीका अनुसार ३३ वर्षका केभिनमाथि स्कटल्याण्डको ग्लास्गोमा रहेको एक अपार्टमेन्टमा एक महिलालाई यौन शोषण गरेको आरोप लागेको थियो । यो सन् २०१७ को घटना हो ।

तर केभिनले ग्लास्गोको शेरिफ कोर्टमा ती महिला बिरामी भएकाले आफूले सहयोग गरेको भन्दै आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए ।

केभिनले आफूमाथि लागेको आरोप अस्वीकार गरे पनि महिलाको अण्डरवेयरमा केभिनको डीएनए पाइएको थियो । कोर्टमा भएको चार दिनको ट्रायलपछि केभिनलाई दोषी पाइएको थियो ।

केभिन दोषी ठहरिएपछि उनलाई स्कटल्याण्डको सेक्स अफेण्डर्सको सूचीमा सदाका लागि राखिएको थियो ।

घटनाअनुसार २९ वर्षकी महिला आफ्नो साथी रेड र केभिनसँग मिटिङ लागि भेट्न जाँदा बाटोमा बिरामी भएकी थिइन् । यो कुरा थाहा पाएपछि रेड र केभिनले मिलेर उनलाई ट्याक्सीमा रेडको घरमा पुर्याएका थिए ।

रेडले नेशनल हेल्थ सर्भिसको हेल्पलाइनमा फोन गरेर उपचारका लागि आउन भनेकी थिइन् । जुन समयमा केभिन र ती एउटै कोठामा थिए ।

रेडका अनुसार उनी एक कामले गर्दा अर्को कोठातिर गएकी थिइन् । त्यही समयमा केभिनले यौन शोषण गर्नु अघि उनको कपडा उतारेका थिए र गलत नियतले शरीरका विभिन्न अंगमा छोएका थिए । कोठामा फर्किरहँदा केभिनको हर्कत देखेपछि रेडले रोकेकी थिइन् ।

कामको कुरा गर्दा केभिनले सन् २०१६ मा रिलिज फिल्म ‘फेन्टास्टिक बिट्स एण्ड ह्वेर टु फाइण्ड देम’ र सन् २०१८ को फिल्म ‘फेन्टास्टिक बिट्सः द क्राइम्स अफ ग्रिन्डेलवेल्ड’मा मिष्टर एबरनेथीको भूमिका निर्वाह गरेका थिए ।

यसबाहेक उनले क्रिस्टोफर नोलनको फिल्म ‘डनकिर्क’ र ब्रिटिश च्यानल ४ को सिरिज ‘मिसफिट्स’मा पनि अभिनय गरेका थिए ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  १ : १० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको