निजी क्षेत्रले ल्याए थप ६ सय थान अक्सिजन सिलिण्डर | Khabarhub Khabarhub

निजी क्षेत्रले ल्याए थप ६ सय थान अक्सिजन सिलिण्डर


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निजी क्षेत्रले चीनबाट आज ४० लिटर क्षमताको ६ सय थान अक्सिजन सिलिण्डर नेपाल ल्याएका छन् ।

हिजो (सोमबार) २५ सय थान १० लिटर क्षमताका अक्सिजन सिलिण्डर भित्रिएको तातोपानी नाकामा आज ६ सय थान सिलिण्डर पनि आएका हुन् । सिल्क ट्रान्सपोर्टले ढुवानी गरेको यी सिलिण्डर नेपा हिमा ट्रेड लिंकले आयात गरेको हो ।

चीनबाट आजै दुई वटा कन्टेनरमा अक्सिजन सिलिण्डर तातोपानी भन्सार कार्यालयमा ल्याइएका हो । भन्सार प्रक्रिया सकेर ती सिलिण्डर आजै काठमाडौं पठाइने तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए ।

‘तातोपानी भन्सार कार्यालयको आग्रहमा चिनियाँ क्षेत्रबाट स्वास्थ सामग्री क्युमा बस्नु नपर्ने गरी आउन पाउने व्यवस्था मिलाइएको छ,’ प्रमुख गौतमले भने, ‘जसले गर्दा यो विषम परिस्थितिमा अरु सामग्रीको तुलनामा छिट्टै हाम्रो भन्सार कार्यालयमा आइपुग्छन्, ।’ यसबाट नेपालमा फैलिएको कोरोना महामारीमा परेका जनताको स्वास्थ्य उपचारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उनले बताए ।

नेपाल सरकारले १८ हजार थान अक्सिजन सिलिण्डर चीनबाट अनुदानमा ल्याउने भने पनि सो भने अझै आउन सकेको छैन । तर निजी क्षेत्रले भने सिलिण्डरसहित अन्य स्वास्थ्य सामग्री भित्र्याइरहेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ७ : ३० बजे

आगलागीका कारण बझाङमा वायु प्रदूषण उच्च

बझाङ । बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि

आजका समाचार : प्रेस स्वतन्त्रता दिवसदेखि सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राखिनेसम्म

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री प्रधानमन्त्री

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट