निजी क्षेत्रले ल्याए थप ६ सय थान अक्सिजन सिलिण्डर « Khabarhub

निजी क्षेत्रले ल्याए थप ६ सय थान अक्सिजन सिलिण्डर


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निजी क्षेत्रले चीनबाट आज ४० लिटर क्षमताको ६ सय थान अक्सिजन सिलिण्डर नेपाल ल्याएका छन् ।

हिजो (सोमबार) २५ सय थान १० लिटर क्षमताका अक्सिजन सिलिण्डर भित्रिएको तातोपानी नाकामा आज ६ सय थान सिलिण्डर पनि आएका हुन् । सिल्क ट्रान्सपोर्टले ढुवानी गरेको यी सिलिण्डर नेपा हिमा ट्रेड लिंकले आयात गरेको हो ।

चीनबाट आजै दुई वटा कन्टेनरमा अक्सिजन सिलिण्डर तातोपानी भन्सार कार्यालयमा ल्याइएका हो । भन्सार प्रक्रिया सकेर ती सिलिण्डर आजै काठमाडौं पठाइने तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए ।

‘तातोपानी भन्सार कार्यालयको आग्रहमा चिनियाँ क्षेत्रबाट स्वास्थ सामग्री क्युमा बस्नु नपर्ने गरी आउन पाउने व्यवस्था मिलाइएको छ,’ प्रमुख गौतमले भने, ‘जसले गर्दा यो विषम परिस्थितिमा अरु सामग्रीको तुलनामा छिट्टै हाम्रो भन्सार कार्यालयमा आइपुग्छन्, ।’ यसबाट नेपालमा फैलिएको कोरोना महामारीमा परेका जनताको स्वास्थ्य उपचारमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उनले बताए ।

नेपाल सरकारले १८ हजार थान अक्सिजन सिलिण्डर चीनबाट अनुदानमा ल्याउने भने पनि सो भने अझै आउन सकेको छैन । तर निजी क्षेत्रले भने सिलिण्डरसहित अन्य स्वास्थ्य सामग्री भित्र्याइरहेका छन् ।

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ७ : ३० बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार