२४ घण्टामा कहाँ कति कोरोना संक्रमित थपिए ? (जिल्लागत विवरण) | Khabarhub Khabarhub

२४ घण्टामा कहाँ कति कोरोना संक्रमित थपिए ? (जिल्लागत विवरण)


४ जेठ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार २०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको २० हजार २८६ जनाको पीसीआर परीक्षण र ६९३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार २०३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ का १४ जिल्लामा गरी १ हजार २३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसैगरी प्रदेश २ का जिल्लामा ५१५ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको हो

सबैभन्दा बढी बागमती प्रदेशमा ३ हजार ९२१ जना कोरोना संक्रमित थपिएका छन् भने गण्डकी प्रदेशमा ६५० जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै लुम्बिनी प्रदेशमा १ हजार ४३ जना नयाँ संक्रमित थपिएका छन् । कर्णाली प्रदेशका जिल्लामा ४५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने सुदूरपश्चिम प्रदेशका ९ मध्य ६ जिल्लामा गरी ३१६ जना नयाँ संक्रमित थपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यस्तो छ जिल्लागत विवरण

प्रकाशित मिति : ४ जेठ २०७८, मंगलबार  ६ : ४३ बजे

धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ

धनगढी – कैलालीको धनगढीबाट बिहीबार लागूऔषधसहित ६ जना पक्राउ परेका

ब्याण्डविथ खरिद वापतको भुक्तानीमा कुनै अवरोध छैन : मन्त्रालय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा इन्टरनेट सेवा

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा