मौसमका कारण मनाङमा रोकिएका मुख्यमन्त्री पोखरा फर्किए « Khabarhub

मौसमका कारण मनाङमा रोकिएका मुख्यमन्त्री पोखरा फर्किए


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मौसममा आएको खराबीले मनाङमा रोकिएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मौसम खुलेसँगै पोखरा फर्किएका छन् ।

मौसममा सुधार आएपछि उनी आज बिहान साढे ७ बजे पोखरा फर्किएका हुन् ।

मुख्यमन्त्री पोखरेलले आज बिहान ११ बजेलाई बोलाइएको संसद् बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।

मुख्यमन्त्री पोखरेलको पक्षमा काँग्रेसका १५, माओवादीका ११ (सभामुख बाहेक), जनता समाजवादीका दुई, राष्ट्रिय जनमोर्चाका दुई र स्वतन्त्र एक जना सांसद गरी ३१ मत रहेका छन्।

यसअगाडि प्रदेशमा विश्वासको मतमा बहुमतका लागि ३१ मत आवश्यक थियो। तर, अदालतले जनमोर्चाका सांसद कृष्ण थापाको पद खारेज गरेपछि अब सांसदको सङ्ख्या ५९ कायम भएको छ। यही कारण ३० मतले गण्डकीमा बहुमत पुग्ने अवस्था छ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ८ : २९ बजे

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित

रविको दुःख : अराजक बनेका रास्वपा कार्यकर्तालाई निर्देशन दिन संसद्‌कै मञ्चमा पुग्नु पर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्