नेपाललाई सघाउन बेलायती अभिनेता ब्रायनको अभियान « Khabarhub

नेपाललाई सघाउन बेलायती अभिनेता ब्रायनको अभियान


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन(डेली मेल)– बेलायतका अभिनेता, लेखक तथा टेलिभिजन प्रस्तोता ब्रायन ब्लेस्ड नेपालमा कोरोना नियन्त्रणका लागि गरिएको प्रयासमा सहयोग गर्न २४ घण्टे मौन अभियान गरेका छन् । ८४ वर्षे यी अभिनेताले मौन अभियानलाई ‘जीवनको सबैभन्दा कठिन चुनौती’ भनेका छन् ।

उनले आइतबारबाट सुरु गरेको अभियानमा पाँच हजारभन्दा बढी पाउण्ड रकम उठिसकेको छ । उनी श्रीमति हिलडेगार्डसहित सुरेमा रहेको घरमा मौन बसेका थिए । ब्रायनले आफू शान्त बस्न चाहने भएकाले दैनिक योगा गर्ने खुलाए ।

‘तपाईंहरुमध्ये केहीले समाचारमा यूकेमा कोभिड १९को संकट विस्तारै सहज हुँदै गएको देख्नुभएको छ । तर अन्य देशजस्तै नेपालको अवस्था खराब बनेको छ । एउटा देश म धेरै मनपराउछु’, उनले ‘जस्ट गिभिङ’ पेजमा लेखेका छन् ।

उनले आफूले तीनपटक सगरमाथा आरोहणको प्रयास गरेको स्मरण गरेका छन् । ब्रायनले फेज नामक नेपाली परोपकारी संस्थाको संरक्षकका रूपमा सन् २०१५ देखि रहँदै आएको र यसैमार्फत नेपालीसँग निकटताको सम्बन्ध बढ्दै खुलाएका छन् ।

उनको अभियानबाट जुनको २५ तारिखसम्म जति रकम संकलन हुन्छ ,त्यति बराबर नै बेलायत सरकारले पनि थपिदिनेछ । उनले उठेको रकम आफू संरक्षक रहेको फेज संस्थामार्फत प्रदान गरिने बताए ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ११ : ०० बजे

हर्मुजमा इरानद्वारा जहाजमाथि आक्रमण

 एजेन्सी– हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने जहाजमाथि इरानले कारबाही थालेपछि अमेरिका–इरान

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार