चौध व्यक्तिले यौन शोषण गरेको अभिनेत्री रेवतीको खुलासा « Khabarhub

चौध व्यक्तिले यौन शोषण गरेको अभिनेत्री रेवतीको खुलासा


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– मलयालम फिल्मकी अभिनेत्री रेवती सम्पतले आफूलाई फिल्म उद्योगका १४ व्यक्तिले यौन शोषण गरेको खुलासा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत सबैको नाम सार्वजनिक गर्दै यो कुराको खुलासा गरेकी हुन् ।

उनले उल्लेख गरेको नामको सूचीमा ठूला अभिनेता तथा निर्देशक छन् । उनले कलाकार सिद्दिकी, निर्देशक राजेश टचरिलर और डीवाइएफआइ नेता नन्दी अशोकनको नाम पनि लेखेकी छन् ।

‘म यहाँ व्यावसायिक, व्यक्तिगत र साइबर स्पेसका माध्यमबाट शोषण गर्ने व्यक्तिको नाम खुलाइरहेकी छु । यी व्यक्तिले मेरो शारीरिक, मानसिक र भावनात्मक रुपले शोषण गरेका छन्’, मलयालम भाषामा उनले लेखेकी छन् ।

उनले राजेश टचरिवर, सिद्दीकी, आशिक माही, शिजू ए आर, अभिल देव, अजय प्रभाकर, एम यसएसएस, सौरभ कृष्णन, नन्दू अशोकन, मेक्सवेल जोस, शानूब करुवथ र चाकोस केक, राकेन्ट पाई, सरुन लियो, सब इन्स्पेक्टर बीनू (पुनथुरा पुलिस स्टेशन, त्रिवेन्द्रम) ले यौन शोषण गरेको दाबी गरेकी छन् ।

कलाकार सिद्दिकीमाथि यसअघि पनि यौन शोषणको आरोप लागिसकेको छ । त्यो समयमा सिद्दिकीमाथि कुनै कानूनी कारवाही भएको थिएन । रेवतीको खुलासापछि उनका फ्यानहरु सिद्दिकीसहित अन्यलाई कारवाहीको माग गरिरहेका छन् ।

उनको पोस्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले नाम लिएका व्यक्तिहरुले हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  १२ : ४० बजे

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल