पहिलोपटक बायोपिकमा सलमान खान | Khabarhub Khabarhub

पहिलोपटक बायोपिकमा सलमान खान


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(नवभारत टाइम्स)– बलिउड अभिनेता सलमान खानले आफ्नो ३२ वर्षे फिल्मी करियरमा कमेडी, ड्रामादेखि लिएर एक्सन र रोमान्टिक फिल्ममा काम गरे । फिल्मी यात्राको यी फ्लेभरलाई थाँती राख्दै उनी पहिलोपटक बायोपिक फिल्ममा देखिदैछन् ।

सलमान निर्देशक राजकुमार गुप्ताको नयाँ फिल्ममा ‘ब्ल्याक टाइगर’का रुपमा चर्चित भारतीय जासूस रवीन्द्र कौशिकको भूमिकामा अभिनय गर्दैछन् ।

एक्सन थ्रिलरको यो फिल्मलाई भारतीय इतिहासको अविश्वसनीय सत्य कथा भनिएको छ । साजिद नाडियाडवालाको फिल्ममा काम पुरा गरेपछि सलमान यो फिल्ममा व्यस्त हुनेछन् ।

रवीन्द्रलाई भारतमा हालसम्मकै राम्रो जासूसका रुपमा चिनिन्छ । राजकुमार विगत पाँच वर्षयता रवीन्द्रको बारेमा अध्ययन गरिरहेका छन् । त्यही अन्तरालमा उनले फिल्मको पटकथा तयार पारेका छन् ।

पटकथाले रवीन्द्रको उपलब्धिहरु र विरासतलाई न्याय गर्नेमा राजकुमार ढुक्क छन् । उनले सलमानलाई पटकथा सुनाउदा सलमान सैद्धान्तिक रुपले फिल्म गर्न सहमत भइसकेका छन् ।

निर्माताहरु अहिले फिल्मको नामको विषयमा छलफल गरिरहेका छन् । राजकुमारको टिमले रवीन्द्रको ७० देखि ८० को दशकको समयलाई पर्दामा ल्याउनका लागि अनुसन्धान गरिरहेका छन् ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  १ : ०५ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई