आयरल्याण्ड र डेनमार्कबाट नेपाललाई स्वास्थ्य सामग्री सहयोग « Khabarhub

आयरल्याण्ड र डेनमार्कबाट नेपाललाई स्वास्थ्य सामग्री सहयोग


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आयरल्याण्ड र डेनमार्कले नेपाललाई कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

युरोपेली संघको नागरिक सुरक्षा संयन्त्रमार्फत प्रदान गरिएका सामग्रीहरु शुक्रबार नेपालस्थित युरोपेली युनिएनका राजदूत नोना डेप्रेजले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेका छन् ।

सहयोग गरिएको सामग्रीमा अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, अक्सिमिटर, रेष्पिरेटर मोनिटर लगाएत छन् । स्वास्थ्य सामग्री बुझ्दै स्वास्थ्य मन्त्री तामाङले प्रभावित क्षेत्रमा उचित प्रयोग गरिने प्रतिवद्धता जनाए ।

नेपाललाई कोरोना महामारीमुक्त बनाउनका लागि सवैले आफ्नो ठाँउबाट सक्दो सहयोग गर्न उनले आग्रह समेत गरे ।

युरोपेली युनिएनको कार्यक्रम अन्तर्गत यसअघि पनि बिभिन्न राष्ट्रले नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकेको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  १ : २२ बजे

सिमरामा उच्च शिक्षा सुधारसम्बन्धी दुईदिने संवाद : के विषयमा छलफल भयो ?

सिमरा – उच्च शिक्षा सुधार तथा राष्ट्रिय योग्यता प्रारूपबारे मधेश

अन्तरिम संविधानमार्फत नयाँ संविधान निर्माण जरुरी रहेको आजपाको निष्कर्ष

काठमाडौं– प्रभु साह नेतृत्वको आम जनता पार्टीले वर्तमान सरकारलाई फेक

हिउँदे आलु रोप्न भोजपुरका किसानलाई चटारो

भोजपुर– हिउँदे मौसम सुरु भएसँगै भोजपुरका किसानलाई आलु रोप्न चटारो

फार्मेसी र नर्सिङ परिषद्मा नयाँ सदस्य नियुक्त

काठमाडौँ- नेपाल फार्मेसी परिषद् र नेपाल नर्सिङ परिषद्मा नयाँ सदस्य नियुक्त

प्रधान सेनापति सिग्देल बेलायत प्रस्थान

काठमाडौँ– प्रधान सेनापति अशोकराज सिग्देल औपचारिक भ्रमणका लागि आज बेलायत