बहुमत सदस्यको हस्ताक्षरसहित यादव पक्षद्वारा जसपा आधिकारिकताको दाबी « Khabarhub

बहुमत सदस्यको हस्ताक्षरसहित यादव पक्षद्वारा जसपा आधिकारिकताको दाबी


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीको वैधानिकता दाबी गर्दै निर्वाचन आयोगमा फेरि निवेदन दिएको छ ।

अध्यक्ष यादवसहितका नेताहरु आयोग पुगेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ सम्बन्धी विवाद भएको भन्दै ४४ अनुसार निरुपणका लागि निवेदन दिएका हुन् । आयोगमा यादव पक्षका ३० जना कार्यकारिणी सदस्यहरूले हस्ताक्षरसहित निवेदन दिएका छन् ।

पार्टीको बिहीबार बसेको कार्यकारिणी समिति बैठकमा बहुमतले दलको विधान र कानुन बमोजिम लिखित दाबी पेश गर्ने निर्णय गरेको थियो ।

कार्यकारिणी समितिमा बहुमत जुटाएको यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई कारबाही गरेको थियो । तर निर्वाचन आयोगले त्यसलाई मान्यता दिन अस्वीकार गरेपछि यादव पक्षले आधिकारिकताको विवादमा निवदेन दिएको हो ।

जेठ ७, ८, १७ र असार ३ गते बोलाइएको बैठकमा अध्यक्ष ठाकुर अनुपस्थित भएको, फरक सूचनाका आधारमा बैठक स्थगित गरी पार्टीको दैनिक कार्यदेखि आन्तरिक जीवन, राजनीतिक जीवन ठप्प पारी गुटगत गतिविधि गरेको यादव पक्षको दाबी छ । पार्टीलाई कानून बमोजिम बहुमतका आधारमा सञ्चालनका लागि आधिकारिकता विवाद टुंग्याउनु परेको निवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ४ : १९ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार