२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित) « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरण सहित)


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७६८ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ५६९ जनाको पीसीआर परीक्षणबाट १ हजार ९६३ र ५ हजार ४६८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८०५ जना गरी २ हजार ७६८ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ४ हजार २० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । निको हुने दर ८९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कुन जिल्लामा कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ४, उदयपुरमा ४, ओखलढुंगामा १, खोटाङमा १०,  झापामा १२१, ताप्लेजुङमा २, तेह्रथुम २, धनकुटामा ९, पाँचथर १, भोजपुरमा ५,  मोरङमा ११८, संखुवासभामा ३ र सुनसरी ६७ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा १७, पर्सामा ५,  बारामा ६, महोत्तरीमा १०, रौतहटमा १९, सप्तरीमा १२, सर्लाहीमा ३० र सिरहामा १३ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ३९४ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ४३, चितवनमा ३९, दोलखामा १, धादिङमा ३०, नुवाकोटमा ७४, भक्तपुरमा ५४, मकवानपुरमा ४८, रसुवा १, रामेछापमा २, ललितपुरमा ६०, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा १६ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा १२२, गोरखामा ३, तनहुँमा ९, नवलपरासी पूर्वमा १४, पर्वत ४८, म्याग्दीमा ५, लमजुङमा ६१, बागलुङमा २६२ र स्याङजामा २२ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको कपिलवस्तुमा ६, दाङमा ९, नवलपरासीमा ४, पाल्पामा ३, प्युठानमा २,  बर्दियाका ४०, बाँकेमा १० र रुपन्देहीमा १० जना छन्।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा १, जुम्ला २३, दैलेखमा ७, मगुमा ७, सल्यानमा २ र  सुर्खेतमा १९ जनमा कोरोना भेटिएको छ । यसैगरी सुदूरपश्चिम प्रदेशको अछाममा ८, कञ्चनपुरमा ४, कैलालीमा ८, डडेल्धुरा ६, डोटीमा ५ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ५ : ४२ बजे

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित