विपदका घटनामा परेर एक महिनामा ६८ जनाको मृत्यु, १९६ घाइते « Khabarhub

विपदका घटनामा परेर एक महिनामा ६८ जनाको मृत्यु, १९६ घाइते


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपदका विभिन्न घटनामा परी एक महिनामा ६८ जनाले ज्यान गुमाएका छन् भने १९६ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७८ वैशाख १ गतेदेखि असार ४ गतेसम्म देशभरका भएका आगलागीका ४०० घटना भएको र उक्तमा ९ जनाले ज्यान गुमाएकाका छन् भने ५० जना घाइते भएका छन् ।

त्यस्तै ६२ वटा डढेलोको घटनामा परी ३ जनाले ज्यान गएको छ भने १ जना घाइते भएका छन् । १०६ वटा चट्याङ्गका घटनामा परी २२ जनाको ज्यान गएको र ९० जना मानिहरु घाइते भएको प्राधिकरणद्वारा जारी  सूचनामा उल्लेख छ ।

त्यस्तै एक महिनामा  जनावरबाट आक्रमण भएका ४५ वटा घटनामा परी ९ जनाले ज्यान गुमाएका छन् भने ३३ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

यस्तै ३७ स्थानमा आएको बाढीमा परी ९ जनाको मृत्यु, २४ बेपत्ता र ६ जना घाइते भएका छन् ।

७२ वटा पहिरोका घटनामा ७ जनाको मृत्यु र १० जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले बताए ।

यसैगरी अविरल वर्षाका ३९ घटनामा परी ३ जनाको मृत्यु र १ जना घाइते भएको छन् । हावाहुरीका २९ घटनामा १ जनाको मृत्यु र ४ जना घाइते भएको उनले बताए । उक्त समयावधिमा सर्पको टाकाइबाट ५ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

देशका विभिन्न स्थानमा भएका यी घटनाबाट ३८४ पशुचौपायालाई पनि असर परेको प्राधिकरणले जनाको छ ।

यो विभिन्न घटनाबाट ४१ करोड ३९ लाख ६४ हजार १९० रुपैयाँ बराबरको क्षति भएको हुनसक्ने प्राधिकरणको अनुमान गरेको छ ।

२४ घण्टामा ४ जनाको मृत्यु, ४ घाइते

प्राधिकरणले सार्वजनिक गरेको असार ३ गते विहान १० बजेदेखि ४ गते विहान १० बजेसम्मको घटना विवरणमा विपदका विभिन्न घटनामा परी ४ जनाले ज्यान गुमाएको र ४ जना घाइते भएका छन् ।

देशभरका विभिन्न स्थानमा भएका ३३ वटा घटनामा ती मानिसहरुको मृत्यु भएको प्राधिकरण जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

सोही अवधीमा ५ जना हराएका छन् भने ६ वटा सडक खण्डहरु अवरुद्ध भएका छन् ।

त्यस्तै सिन्धुपाल्चाको मेलम्ची खोलामा आएको बाढीका हालसम्म ३ जना विदेशी नागरिकहरुले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनमो २ जना चिनियाँ र १ जना भारतीय नागरिक रहेका छन् ।  हालसम्म उक्त घटनामा परी २० जना बेपत्ता र ६ जना घाइते भएको प्राधिकरणका प्रवक्ता अर्यालले बताए ।

सोही अवधिमा  खाजा पुर्‍याउन जाने क्रममा बाढीले बगाएर सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका ४ बेल्ही बस्ने वर्ष १२ एक बालकको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै कास्कीको माछापुछ्रे गाँउपालिकामा बस्ने ४० वर्षे एक महिलाको खैरे खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ९ : १९ बजे

कान्ति राजमार्गको एकतर्फी नियम हटाइयो

हेटौँडा – हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति

‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा