विपदका घटनामा परेर एक महिनामा ६८ जनाको मृत्यु, १९६ घाइते « Khabarhub

विपदका घटनामा परेर एक महिनामा ६८ जनाको मृत्यु, १९६ घाइते


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विपदका विभिन्न घटनामा परी एक महिनामा ६८ जनाले ज्यान गुमाएका छन् भने १९६ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७८ वैशाख १ गतेदेखि असार ४ गतेसम्म देशभरका भएका आगलागीका ४०० घटना भएको र उक्तमा ९ जनाले ज्यान गुमाएकाका छन् भने ५० जना घाइते भएका छन् ।

त्यस्तै ६२ वटा डढेलोको घटनामा परी ३ जनाले ज्यान गएको छ भने १ जना घाइते भएका छन् । १०६ वटा चट्याङ्गका घटनामा परी २२ जनाको ज्यान गएको र ९० जना मानिहरु घाइते भएको प्राधिकरणद्वारा जारी  सूचनामा उल्लेख छ ।

त्यस्तै एक महिनामा  जनावरबाट आक्रमण भएका ४५ वटा घटनामा परी ९ जनाले ज्यान गुमाएका छन् भने ३३ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।

यस्तै ३७ स्थानमा आएको बाढीमा परी ९ जनाको मृत्यु, २४ बेपत्ता र ६ जना घाइते भएका छन् ।

७२ वटा पहिरोका घटनामा ७ जनाको मृत्यु र १० जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले बताए ।

यसैगरी अविरल वर्षाका ३९ घटनामा परी ३ जनाको मृत्यु र १ जना घाइते भएको छन् । हावाहुरीका २९ घटनामा १ जनाको मृत्यु र ४ जना घाइते भएको उनले बताए । उक्त समयावधिमा सर्पको टाकाइबाट ५ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

देशका विभिन्न स्थानमा भएका यी घटनाबाट ३८४ पशुचौपायालाई पनि असर परेको प्राधिकरणले जनाको छ ।

यो विभिन्न घटनाबाट ४१ करोड ३९ लाख ६४ हजार १९० रुपैयाँ बराबरको क्षति भएको हुनसक्ने प्राधिकरणको अनुमान गरेको छ ।

२४ घण्टामा ४ जनाको मृत्यु, ४ घाइते

प्राधिकरणले सार्वजनिक गरेको असार ३ गते विहान १० बजेदेखि ४ गते विहान १० बजेसम्मको घटना विवरणमा विपदका विभिन्न घटनामा परी ४ जनाले ज्यान गुमाएको र ४ जना घाइते भएका छन् ।

देशभरका विभिन्न स्थानमा भएका ३३ वटा घटनामा ती मानिसहरुको मृत्यु भएको प्राधिकरण जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

सोही अवधीमा ५ जना हराएका छन् भने ६ वटा सडक खण्डहरु अवरुद्ध भएका छन् ।

त्यस्तै सिन्धुपाल्चाको मेलम्ची खोलामा आएको बाढीका हालसम्म ३ जना विदेशी नागरिकहरुले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनमो २ जना चिनियाँ र १ जना भारतीय नागरिक रहेका छन् ।  हालसम्म उक्त घटनामा परी २० जना बेपत्ता र ६ जना घाइते भएको प्राधिकरणका प्रवक्ता अर्यालले बताए ।

सोही अवधिमा  खाजा पुर्‍याउन जाने क्रममा बाढीले बगाएर सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिका ४ बेल्ही बस्ने वर्ष १२ एक बालकको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

त्यस्तै कास्कीको माछापुछ्रे गाँउपालिकामा बस्ने ४० वर्षे एक महिलाको खैरे खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ९ : १९ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज