पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार हुँदै « Khabarhub

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार हुँदै


४ असार २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

खनालको ज्वरो कम हुँदै गएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । उनले भने, ‘स्वास्थ्यमा सुधार आएको छ । ज्वरो नियन्त्रणमा आएको छ । चिकित्सकको उच्च निगरानीमा उपचार भइरहेको छ ।’

सामाजिक सञ्जालमा अनावश्यक भ्रम फैलाउने काम भएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य जस्तो गम्भीर विषयमा जथाभावी नबोल्न उनले आग्रह गरेका छन् । सामाजिक सञ्जालबाट गलत सन्देश प्रवाह गर्ने व्यक्तिलाई कारबाही गर्न पनि भट्टराईले माग गरेका छन् ।

बुबाको उपचारका लागि सँगै रहेका छोरा निर्भिक चित्रकार खनालले पनि स्वास्थ्यमा क्रमिक सुधार आएको जानकारी दिएका छन् । उनले चिकित्सकको उच्च निगरानीमा रहेको बताउँदै स्वास्थ्यमा सुधार भइरहेको बताए ।

नेता खनालको दिल्लीको एपोलो अस्पतालमा उपचार भइरहेको छ ।

एक हप्ताभन्दा बढी ज्वरो आएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका खनालको चिकित्सकको सल्लाह अनुसार थप उपचार गर्न दिल्ली लगिएको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार  ९ : ११ बजे

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२/०८३ मा

बर्दिया–२ मा महाधिवेशन प्रतिनिधि चयन हुँदै, सभापतिका आकांक्षी राठोर पनि प्रतिस्पर्धामा

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बर्दिया क्षेत्र नम्बर २ मा महाधिवेशन

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी