भारतमा थप ४१ हजार १५७ नयाँ सङ्क्रमित « Khabarhub

भारतमा थप ४१ हजार १५७ नयाँ सङ्क्रमित


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा कोरोनाभाइरसबाट नयाँ ४१ हजार १५७ जना सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ११ लाख भन्दा बढी पुगेको छ ।

भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या चार लाख २२ हजार ६६० रहेको अधिकारीले जनाएका छन् ।

पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ५१८ जनाको मृत्यु भएको पनि मन्त्रालयले आइतबार जानकारी दिएको छ । कोरोनाभाइरसबाट मृत्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म चार लाख १३ हजार ६०९ पुगेको पनि सो मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ४२ हजार ४ जना कोरोना मुक्त भएपछि भारतमा तीन करोड २६ लाख ९ हजार ७९६ व्यक्ति कोरोना मुक्त भएका छन् । भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड ३९ लाख ५८ हजार ६६३ जनाको स्वाब परीक्षण गरिएको छ । ती मध्ये १९ लाख ३६ हजार ७०९ जनाको स्वाब परीक्षण जुलाई १७ का दिन भएको छ ।

त्यसैगरी गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि अहिलेसम्म ४० करोड ४९ लाख ३१ हजार ७१५ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ३ : ३९ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक