काभ्रेमा कांग्रेसका साढे नौ हजार क्रियाशील सदस्य थप « Khabarhub

काभ्रेमा कांग्रेसका साढे नौ हजार क्रियाशील सदस्य थप


३ श्रावण २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस काभ्रेपलाञ्चोकमा नौ हजारभन्दा बढी नयाँ क्रियाशील सदस्य थपिएका छन् । पार्टीको आसन्न १४औँ महाधिवेशनका लागि जिल्लामा नौ हजार ५६६ क्रियाशील सदस्य थपिएका हुन् ।

पार्टीको जिल्ला समितिले बीस हजार अर्थात् दोब्बर क्रियाशील सदस्यता बनाउने लक्ष्य लिएको थियो । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी हाल करीब दोब्बरको सङ्ख्यामा क्रियाशील सदस्य बनाइएको जनाइएको छ । पार्टीको जिल्ला कार्यालयका अनुसार नौ हजार २९२ क्रियाशील सदस्यले नवीकरण गरेका हुन् ।

पनौती नगरपालिकाको पाँच वटा वडाको नयाँ सदस्यता वितरण ढिलाइपछि उत्पन्न विवादका कारण करीब चार सय नयाँ सदस्यको विवरण पठाउन बाँकी रहेको कार्यालयका सचिव विनोद तिमल्सिनाले बताउनुभयो । काभ्रेपलाञ्चोकमा छ नगरपालिकासहित १३ स्थानीय तह छन् ।

काभ्रेपलाञ्चोकमा रहेका क्रियाशील सदस्यको केन्द्रबाट स्वीकृत भई जिल्लामा आउन भने बाँकी छ । पार्टीको आसन्न १४औँ महाधिवेशनलक्षित क्रियाशील सदस्यताको समयावधि पटकपटक थपिएपछि अभियानमार्फत सदस्यता दोब्बरबढी पुर्‍याइएको काभ्रे कांग्रेसले जनाएको हो । जिल्लामा नवीकरण र नयाँ सदस्यता गरी २० हजार पुर्‍याउने लक्ष्यसहित सदस्यता अभियान सञ्चालन गरिएको जिल्ला कार्यसमिति सचिव दिनेश लामाले बताए ।

उनका अनुसार सदस्यताको सूची पठाइएअनुसार केन्द्रीय कार्यालयबाट स्वीकृत भई आएपछि जिल्ला कार्यसमितिमा नयाँ–पुराना गरी हाल करीब १९ हजार क्रियाशील सदस्य हुनेछन् । कोरोना सङ्क्रमणका कारण रोकिएको सदस्यता अभियान काभ्रेपलाञ्चोकमा २०७७ साल पुस महिनादेखि पुनःशुरु गरिएको थियो ।

केन्द्रीय तथा जिल्ला नेताको उपस्थितिमा भेलामार्फतसमेत स्थानीयस्तरमा नवीकरण तथा नयाँ सदस्यताको अभियान सञ्चालन गरिएको थियो । १३ औँ महाधिवेशनका बेला जिल्लाका दश हजार क्रियाशील सदस्यमध्ये मृत्यु भएकाबाहेक ९८ प्रतिशतले नवीकरण गरेको जनाइएको छ ।

पार्टीले गत १३ औँ महाधिवेशनमा भएकाबाट १४औँ महाधिवेशसम्म उक्त सङ्ख्याको शतप्रतिशत सदस्यता थप्न पाउने व्यवस्था गरेको थियो । कांग्रेस नियमावली बमोजिम क्रियाशील सदस्यता नवीकरण शुल्क रु दुई सय र नयाँ सदस्यताका लागि रु तीन सय तोकेको थियो । नेपाली कांग्रेस केन्द्रीय समितिको गत असार ४ गते सम्पन्न बैठकले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने संशोधित कार्यतालिका पारित गरेको थियो । निर्वाचन कार्यतालिका अनुसार गाउँ/नगर वडा अधिवेशन यही साउन १२ गते, गाउँ÷नगरपालिका अधिवेशन साउन १६ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ ।

यस्तै, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गते, एकभन्दा धेरै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २६ गते र प्रदेश अधिवेशन आउदो भदौ १ र २ गते निर्धारण गरिएको बताइएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १० : ०१ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट