बसेर काम गर्ने मोटोपनको सिकार ! | Khabarhub Khabarhub

बसेर काम गर्ने मोटोपनको सिकार !


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

स्वस्थ्य र फिट रहन हामी अनेकौं उपाय अपनाउँछौ । तर हामीले अफिसमा गर्ने केही गल्तीले सबै उपाय बेकार बनिदिन्छ ।

कार्यालयमा बसेर काम गर्नेले मोटोपनबाट बच्न केही उपाय अपनाउनुपर्ने हुन्छ । त्यसैले थाहा पाउनुहोस् हाम्रो शरीरको तौल बढ्ने कारण ।

खाजा नखानु
अफिस चाँडै जाने हतारोमा बिहानको खाजा नखाइ निस्कदा भोक बढ्दछ । जसका कारण भोक बढि भएको नाममा हामी बढि खान्छौ र हाम्रो तौल बढ्ने गर्दछ ।

धेरै बेर बस्ने
अफिसमा काम गर्दा लगातार धेरै बेर बस्दा राम्रोसँग क्यालोरी बर्न हुन पाउँदैन र तौल बढ्न पुग्छ । त्यसैले हरेक घण्टाको काम पछि केहीबेर उठेर टहल्नु पर्दछ ।

कम पानी पिउनु
अफिसमा लगातार काम गर्ने चक्करमा धेरै मानिस पानी समेत पिउन बिर्सन्छन् । यसले पाचन क्रिया खराब हुन थाल्छ र बिस्तारै मोटोपन बढ्न थाल्दछ ।

स्न्याक्स खानु
अफिसमा काम गर्दा अन्य सहकर्मीको देखासेकीमा हाइ क्यालोरीयुक्त स्न्याक्स खाने गर्दा शरीरले अतिरिक्त क्यालोरी पाउँछ र तौल बढ्न सक्छ ।

धेरै समय भोको रहनु
अफिसमा हुँदा समयमा खाना, खाजा नखाँदा र धेरै बेरसम्म भोको रहँदा मेटाबोलिजम स्लो हुने गर्दछ । लामो समयपछि जे खाएपनि राम्ररी पच्न सक्दैन । साथै मोटोपन बढ्न पुग्छ ।

तनाव र डेस्कको खाना
अफिसमा काम गरिरहेका बेला तनावमा रहँदा भोक बढाउने हर्मोनको स्तरमा वृद्धि हुन्छ । यस्तोमा अत्यधिक खाने गर्दछौं, त्यसैले तौल बढ्छ । साथै डेस्कमा काम गर्नेहरूले त्यहि खाना खाजा खादाँ ध्यान खानामा रहँदैन र धेरै खादाँ शरीरमा बोसो जम्मा हुन्छ ।

अबेर राति फ्रि हुनु
अफिसमा अबेरसम्म बस्नुपर्ने वा ढिला खाना खाँदा राम्रोसँग पच्न पाउँदैन । यस्तोमा यो बोसोमा परिणत हुने गर्दछ । र मानिस स्वतः मोटाउने गर्दछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ७ : ५५ बजे

बागलुङको अर्नाकोटमा खानेपानीको समस्या

बागलुङ– बागलुङको निसीखोलाको सिरमा रहेको सुन्दर अर्नाकोट गाउँ प्राकृतिक अनुपमले

आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस

काठमाडौं– आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस विभिन्न कार्यक्रम

बाँकेमा जग्गाधनी प्रमाणपुर्जा वितरणको तयारी

बाँके– भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले भूमिहीन दलित

ट्रम्प प्रशासनमा सक्रिय हुँदा टेस्लाको नाफा घटेपछि पुरानै दैनिकीमा फर्किदै मस्क

वाशिंटन – अमेरिकी बिलिनियर एलन मस्कले डिपार्टमेन्ट फर गभर्मेन्ट इफिसेन्सी

युएईका उपप्रधानमन्त्री काठमाडौंमा, आज द्विपक्षीय वार्ता

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख