बसेर काम गर्ने मोटोपनको सिकार ! « Khabarhub

बसेर काम गर्ने मोटोपनको सिकार !


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

स्वस्थ्य र फिट रहन हामी अनेकौं उपाय अपनाउँछौ । तर हामीले अफिसमा गर्ने केही गल्तीले सबै उपाय बेकार बनिदिन्छ ।

कार्यालयमा बसेर काम गर्नेले मोटोपनबाट बच्न केही उपाय अपनाउनुपर्ने हुन्छ । त्यसैले थाहा पाउनुहोस् हाम्रो शरीरको तौल बढ्ने कारण ।

खाजा नखानु
अफिस चाँडै जाने हतारोमा बिहानको खाजा नखाइ निस्कदा भोक बढ्दछ । जसका कारण भोक बढि भएको नाममा हामी बढि खान्छौ र हाम्रो तौल बढ्ने गर्दछ ।

धेरै बेर बस्ने
अफिसमा काम गर्दा लगातार धेरै बेर बस्दा राम्रोसँग क्यालोरी बर्न हुन पाउँदैन र तौल बढ्न पुग्छ । त्यसैले हरेक घण्टाको काम पछि केहीबेर उठेर टहल्नु पर्दछ ।

कम पानी पिउनु
अफिसमा लगातार काम गर्ने चक्करमा धेरै मानिस पानी समेत पिउन बिर्सन्छन् । यसले पाचन क्रिया खराब हुन थाल्छ र बिस्तारै मोटोपन बढ्न थाल्दछ ।

स्न्याक्स खानु
अफिसमा काम गर्दा अन्य सहकर्मीको देखासेकीमा हाइ क्यालोरीयुक्त स्न्याक्स खाने गर्दा शरीरले अतिरिक्त क्यालोरी पाउँछ र तौल बढ्न सक्छ ।

धेरै समय भोको रहनु
अफिसमा हुँदा समयमा खाना, खाजा नखाँदा र धेरै बेरसम्म भोको रहँदा मेटाबोलिजम स्लो हुने गर्दछ । लामो समयपछि जे खाएपनि राम्ररी पच्न सक्दैन । साथै मोटोपन बढ्न पुग्छ ।

तनाव र डेस्कको खाना
अफिसमा काम गरिरहेका बेला तनावमा रहँदा भोक बढाउने हर्मोनको स्तरमा वृद्धि हुन्छ । यस्तोमा अत्यधिक खाने गर्दछौं, त्यसैले तौल बढ्छ । साथै डेस्कमा काम गर्नेहरूले त्यहि खाना खाजा खादाँ ध्यान खानामा रहँदैन र धेरै खादाँ शरीरमा बोसो जम्मा हुन्छ ।

अबेर राति फ्रि हुनु
अफिसमा अबेरसम्म बस्नुपर्ने वा ढिला खाना खाँदा राम्रोसँग पच्न पाउँदैन । यस्तोमा यो बोसोमा परिणत हुने गर्दछ । र मानिस स्वतः मोटाउने गर्दछ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ७ : ५५ बजे

स्थानिय तहमा सेवा प्रवाह प्रभावित भए कारबाही गर्ने मन्त्रालयको चेतावनी

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा प्रमुख

कोशी प्रदेशसभाबाट आमसञ्चार विधेयक सर्वसम्मतिले पारित

विराटनगर– कोशी प्रदेशसभाको सोमबार बसेको बैठकमा ‘कोशी प्रदेश आमसञ्चार सम्बन्धमा

ओली र लेखक दुवैका बन्दी प्रत्यक्षीकरण रिट खारेज, परमादेश जारी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएको

बाख्रालाई घाँस काट्न गएका विष्ट चार दिनपछि मृत फेला

दमक– बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट