प्रतिगमन तत्काललाई परास्त भयो तर लामो लडाइँ बाँकी नै छ :  प्रचण्ड « Khabarhub

प्रतिगमन तत्काललाई परास्त भयो तर लामो लडाइँ बाँकी नै छ :  प्रचण्ड


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनकारी प्रवृत्ति तत्काल परास्त भए शहीदको सपनामा साकार पार्न लामो लडाइँ लड्न बाँकी रहेको बताएका छन् ।

शहीद रामबृक्ष यादवको २७औँ स्मृति दिवसका अवसरमा बुधबार माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा दाहालले कम्युनिस्ट आन्दोलनभित्र देखा परेको तानाशाही, निरंकुश, व्यक्तिवादी र आत्मसर्पणवादी प्रवृति परास्त भए पनि यो विजय नै अन्तिम नभएको बताए ।

‘कम्युनिष्टमा देखा परेको व्यक्तिवादी प्रवृतिलाई रोक्न हामी आफैँ पनि सच्चिएर दृढताका साथ लड्यौँ, जित्यौँ पनि । तर यो नै अन्तिम विजयी हैन, हामीले शहीदका सपना साकार पार्न अझै लामो लडाइँ लड्न बाँकी नै छ, अब त्यसका लागि तयारी होऔँ, दाहालले भने । समाजवादको बाटोमा अघि बढ्न पनि अब लामो लडाइँ जरूरी भएको उनले बताए ।

अध्यक्ष दाहालले शान्ति सम्झौता वा संघीय लोकतान्त्रिक गणतन्त्रपछि माओवादीको क्रान्तिकारी चरित्र र संस्कार पनि उल्टो बनेको स्वीकार गरे ।

‘शान्ति सम्झौता वा संघीय लोकतान्त्रिक गणतन्त्रपछि हामी आफ्नै क्रान्तिकारी चरित्र र संस्कारको (त्याग, तपस्या र बलिदान गर्ने ) भावना त्यस्तो छैन । बरु उल्टो छ,’ उनले भने ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  १२ : ०१ बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण