अध्यादेशको विरोधमा एमाले नेता आचार्यले जारी गरे ६ बुँदे अपील « Khabarhub

अध्यादेशको विरोधमा एमाले नेता आचार्यले जारी गरे ६ बुँदे अपील


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता भीम आचार्यले प्रतिनिधिसभा विघटनविरोधी अभियान संसद् र संविधान जोगाउनका लागि मात्रै भएक स्मरण गरेका छन् ।

सरकारले २० प्रतिशतले चाहेको अवस्थामा पार्टी विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि असन्तुष्टि जनाउँदै आचार्यले पार्टी विभाजनको लागि आफूहरूले सहयोग नगरेको बताएका हुन् ।

एमालेको विवाद मिलाउन मध्यस्तकर्ताका भूमिका निर्वाह गरिरहेका नेता आचार्यले फेसबुकमा लेखेका छन्, ‘प्रतिनिधिसभा विघटनविरोधी अभियान संसद  संविधान र लोकतान्त्रिक प्रक्रिया बचाउन का लागि गरिएका थिए । पार्टी विभाजन गर्नको लागि होइन। नेकपा एमालेको विभाजनले लोकतन्त्र, गणतन्त्र,र क्रान्ति का उपलब्धीहरुलाई कमजोर पार्दछ । अग्रगमन को यात्रा मा गम्भीर धक्का दिन्छ।’

उनले अध्यादेश असंवैधानिक र प्रतिगामी कदम भएकाले तुरुन्तै फिर्ता लिन माग गरेका छन्।

 

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  १ : १० बजे

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको