फूटको संघारमा एमाले : दल दर्ता गर्न निर्वाचन आयोग जाने नेपाल पक्षको तयारी « Khabarhub

फूटको संघारमा एमाले : दल दर्ता गर्न निर्वाचन आयोग जाने नेपाल पक्षको तयारी

नाम र चुनाव चिन्ह तय गर्न छलफल जारी


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजनीतिक दल सम्बन्धी नयाँ अध्यादेश जारी भएसँगै नेकपा एमाले फूटको संघारमा पुगेको छ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले नयाँ दल दर्ताको तयारी थालेको छ । नेपाल पक्षले नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राख्न आन्तरिक छलफल‍ गरिरहेको छ ।

अन्य नाम र चुनाव चिन्हका विषयमा छलफल जारी विरोध खतिवडाले जानकारी दिए । उनले भने, ‘नाम र चुनाव चिन्हबारे टुंगो लगाउन छलफलमा जुटेका छौँ । कानुन व्यवसायीसँग परामश गरी आवश्यक प्रक्रिया अघि बढाउने छौँ ।’

नेपाल पक्षका नेताको भेला अहिले नयाँ बानेश्वरस्थित अर्याल होटेलमा जारी छ । जारी छलफलमा दल दर्ता गर्न आजै निर्वाचन आयोग जाने तयारी भएको उनले बताए।

नयाँ पार्टी गठन गर्न एमालेको नेपाल पक्षका केन्द्रीय सदस्यले हस्ताक्षर संकलनको काम थालेका छन् ।

माधव पक्षले दल दर्ता गरेको खण्डमा एमाले विभाजन हुनेछ। नयाँ अध्यादेशअनुसार नेपाल पक्षलाई पार्टी फुटाउन ५२ केन्द्रीय सदस्य वा ३१ सांसद भए पुग्छ। एमालेबाट संघीय संसद्मा १ सय ५४ जनाको प्रतिनिधित्व छ।

प्रतिनिधिसभामा १ सय २१ र राष्ट्रियसभामा ३४ जना छन्। २२ जनाले देउवालाई विश्वासको मत दिएका थिए।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  २ : ४४ बजे

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण