चार दिनदेखि बेपत्ता किशोरीको शव भेटियो « Khabarhub

चार दिनदेखि बेपत्ता किशोरीको शव भेटियो


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सर्लाहीमा चार दिनदेखि घरबाट बेपत्ता भएकी एक किशोरीको हत्या गरेको अवस्थामा शव फेला परेको छ ।

गत साउन ३१ गतेदेखि घरबाट बेपत्ता भएकी लालबन्दी नगरपालिका १७ की १६ वर्षीया प्रियंका भुजेलको शव फेला परेको हो । हत्या गरिएको अवस्थामा मंगलवार राति शव फेला परेको प्रहरीले जनाएको छ ।

घरदेखि करिब ३ किलोमिटरको दुरीमा कालिन्जोर खोलामा उनको शव फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

बलात्कार गरी किशोरीको हत्या गरिएको प्रहरीको आशंका छ । डिएसपी बुढाथोकीले घटनाको अनुसन्धान भइरहेको र हत्या आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको बताए ।

पक्राउ परेका दुबै जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारीमा प्रहरी जुटेका छन् । शवलाई पोस्ट मार्डम गन पठाइएको छ । घटनापछि पीडित परिवार शोकमा डुबेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ३ : ०५ बजे

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ