सिसडोलमा ट्रक पुग्न नसक्दा काठमाडौँको फोहोर संकलनमा समस्या « Khabarhub

सिसडोलमा ट्रक पुग्न नसक्दा काठमाडौँको फोहोर संकलनमा समस्या

१ सय ५० ट्रक फोहोर जानुपर्नेमा अहिले ६० ट्रक मात्र


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निरन्तरको वर्षाका कारण केही दिन यता काठमाडौँको फोहोर संकलन र व्यवस्थापनमा समस्या भएको छ ।

उपत्यकामा उत्सर्जित फोहोरमैलाको अन्तिम विर्सजनस्थल नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नम्बर २ स्थित ल्याण्डफिल साइटमा विर्सजन गर्दै आइरहेको छ ।

तर हाल निरन्तरको वर्षाका कारण सडक बिग्रिएको र फोहोरका गाडी अन्तिम विर्सजन स्थलसम्म पुग्न समस्या भएको महानगरले जनाएको छ ।

बञ्चरेडाँडाको निर्माण समयमै सम्पन्न नहुँदा पटकपटक काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या देखिने गरेको काठमाडौंका मेयर विद्या सुन्दर शाक्यले गुनासो गरेका छन् ।

‘बञ्चरे डाडाँको र्निाण सम्पन्न हुन सकेको छैन’ प्रमुख शाक्य भन्छन्, ‘अहिले काठमाडौँ उपत्यकासहित ल्याण्डफिल साइटमा फोहोर पु¥याउनु पर्ने सबै सहरमा कम फोहोर उठेको छ । तर, यसको दोष र दायित्वचाहिँ महानगर एक्लैले व्यहोर्नु परेको छ ।’

फोहोर व्यवस्थापनको समस्या समाधानका लागि प्रदेश र संघ सरकारको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

सामान्य दिनमा काठमाडौंको फोहोर बोकेर एक सय ५० वटा ट्रक सिसडोल पुग्थे । तर अहिले दैनिक ६० वटा मात्र पुग्ने गरेका छन् ।

मनसुन सुरु भएसँगै अविरल वर्षाका कारण शहरको फोहोर संकलन र ढुवानीमा असहज भएको काठमाडौं महानगर, वातावरण विभागले जनाएको छ ।

महानगरपालिकाले केही दिनअघि सार्वजनिक सुचना जारी गर्दै फोहोर विर्सजनका लागि सिसडोलमा सवारीसाधन पुग्न नसकेको बताएको थियो ।

साथै केही दिन फोहोरलाई घरभित्रै राख्न समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ९ : ०१ बजे

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ

अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

मेलबर्न– अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि

टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते

टोकियो– जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको