पाँच वर्षदेखि बेपत्ता वृद्ध अस्पतालमा भेटिए  « Khabarhub

पाँच वर्षदेखि बेपत्ता वृद्ध अस्पतालमा भेटिए 


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– करिव ५ वर्षदेखि बेपत्ता भएका एक वृद्ध दमकस्थित कोभिड उपचार केन्द्र अस्पतालमा भेटिए पछि आफन्तको जिम्मा लगाइएको छ ।

पुर्ख्यौंली घर दोलखा भएका बिजुली भण्डारी कोभिड उपचार केन्द्रको आइसोलेसन सेन्टरमा भेटिएका हुन् । दमक २ का वडाध्यक्ष प्रजापति सापकोटाका अनुसार सडक किनारमा ४ दिन अघि भेटिएका वृद्धलाई स्थानीयको सहयोगमा उद्धार गरि कोभिड उपचार केन्द्रको आईसोलेसन सेन्टरमा राखिएको थियो ।

सापकोटाकै फेसबुक स्टाटसका आधारमा काठमाडौँमा रहेका भान्जा दिपेन्द्र पौडेलले जानकारी पाए पछि मंगलबार आफन्तजनको टोली दमक आएको हो ।

७५ वर्षीय वृद्धको पीसीआर परीक्षण गर्दा नेगेटिभ आएको थियो । त्यस पश्चात कोभिड अस्पताल नजिकै रहेको आईसोलेसन सेन्टरमा राखेको थियो ।

कुनै बेला सामाजिक तथा राजनीतिक गतिविधिमा समेत सक्रिय रहने भण्डारी ५ वर्ष अघि देखि परिवारसँगको सम्पर्क बाहिर रहेको भान्जा पौडेलले बताए ।

वडाध्यक्ष सापकोटाको फेसबुक स्टाटस देखेपछि सम्पर्क गरेर दमक आएपछि पहिलो पटक वृद्धले आफन्तजनसँग भेटघाट गर्न पाएकाा हुन् ।

नाताले ठूलाबुवा पर्ने उनलाई लिन आएका सुनदर्शन भण्डारीले वर्षौ देखि खोजी गर्दा समेत नभेटिएका आफ्नो मान्छे भेटिए पछि अस्पताल परिसरमै खुसी साटासाट गरेका थिए ।

वर्षौ पछि आफन्तजनहरुबीच भेट हुँदा केहि बेर वातावरण स्तब्ध बनेको थियो । मामालाई बुझेर लाने क्रममा भान्जा पौडेलले दमक नगरपालिका तथा अस्पताल परिवारवालाई धन्यवाद व्यक्त गरे ।

वृद्धको बिदाइको क्रममा पुगेकी दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले यस अघि समेत बेवारिसे अवस्थामा भेटिएका विभिन्न व्यक्तिको उद्धार गर्दै आएको र यस प्रकारका मानवीय कार्यलाई नगरपालिकाले प्राथमिकता दिएको बताइन् ।

 

 

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  १० : ३० बजे

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन