टीकापुर घटनाका बन्दीलाई रिहाइ गर्न माग राख्दै काठमाडौँमा प्रदर्शन « Khabarhub

टीकापुर घटनाका बन्दीलाई रिहाइ गर्न माग राख्दै काठमाडौँमा प्रदर्शन


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– थरुहट थारुवान राष्ट्रिय मोर्चाले सांसद रेशम चौधरीसहित टीकापुर घटनाका बन्दीलाई तत्काल रिहाइ गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन गरेको छ ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारु विद्रोहका क्रममा भएको घटनाका बन्दीहरुलाई सम्मानजनक रिहाइ गर्न माग गर्दै मोर्चाले बुधबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।

जनसंघर्ष र जनविद्रोहलाई राज्यले शान्ति प्रक्रियाको अवधिमा मान्यता दिएर संविधान निर्माण गरेको भए पनि टीकापुर घटनाको आडमा थारु जनविद्रोहलाई मात्र त्यसबाट अलग राख्न र आपराधिक करार गर्न नमिल्ने मोर्चाले जनाएको छ ।

मोर्चाले टीकापुर विद्रोहलाई सामान्य न्यायिक प्रक्रियाबाट नभई राजनीतिक प्रक्रिया र सहमतिबाट निरुपण गरिनुपर्ने प्रदर्शनमा सहभागीहरुको भनाइ छ ।

त्यस्तै उनीहरुले टीकापुर घटनालाई कुनै दोहोरो मापदण्ड नअपनाई राजनीतिक तवरबाट टुंग्याउनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  १० : ४५ बजे

चीन-नेपाल सांस्कृतिक उत्पादन बिक्री केन्द्र काठमाडौंमा स्थापना

काठमाडौं– चीन र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७० औं

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण