गृृहमन्त्री खाँणले गरे सशस्त्र प्रहरी बलको प्रधान कार्यालय निरीक्षण (फोटोफिचर) | Khabarhub Khabarhub

गृृहमन्त्री खाँणले गरे सशस्त्र प्रहरी बलको प्रधान कार्यालय निरीक्षण (फोटोफिचर)


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले बुधबार सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको निरीक्षण गरेका छन् । उनले निरीक्षणको क्रममा राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरीले गरेका कामकारवाहीबारे जानकारी लिए ।

सोही अवसरमा गृहमन्त्री खाँणले हल्चोकस्थित सशस्त्रको प्रधान कार्यालयस्थित अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार समेत चढाएका थिए ।

सशस्त्र प्रहरीले आफ्नो स्थापना कालदेखि नै राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा कटिबद्ध रही राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा अहोरात्र कृयाशील रहँदै उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै उनले प्रशंसा गरे ।

कोभिड–१९ महामारीलेको अवस्थामा सशस्त्रले पुर्‍याएको योगदानको कदर गरे ।

गृमहन्त्री खाणले सशस्त्र प्रहरी बल नेपालले सीमित साधन स्रोत अधिकतम उपयोग गर्दै देशका विकट स्थानहरुमा अहोरात्र खटिई सीमा सुरक्षा, नागरिकको सेवा, सीमा अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रण, विपद् प्रकोप पीडितको उद्धारमा प्रशंसनीय कार्य गर्दै आएको बताए ।

 

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  १० : १५ बजे

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

काठमाडौं– सरकारले विश्व बैंकबाट उपलब्ध हुने करिब रु १३ अर्ब