माधव नेपाल पक्षले प्रस्ताव गरेको चुनाव चिन्ह प्रति उन्नत लोकतन्त्र पार्टीको आपत्ति « Khabarhub

माधव नेपाल पक्षले प्रस्ताव गरेको चुनाव चिन्ह प्रति उन्नत लोकतन्त्र पार्टीको आपत्ति


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवगठित माधव नेपाल नेतृत्वको नेकपा एमाले समाजवादी पार्टीले चुनाव चिन्ह खुला किताब प्रस्ताव गरेकोप्रति उन्नत लोकतन्त्र पार्टीले गम्भीर आपत्ति जनाएको छ ।

सो पार्टीका अध्यक्ष स्वागत नेपालले विज्ञप्ति जारी गर्दै आफूहरुले प्रस्ताव गरेको चिन्ह नै माधव नेपाल पक्षले प्रस्ताव गरेकोमा आपत्ति जानएका हुन् ।

निर्वाचन आयोगले उक्त चुनाव चिन्ह प्रदान गरे आफूहरु कानूनी प्रक्रियामा जाने समेत बताएका छन् ।

अध्यक्ष स्वागत नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ ११ वर्षअघि नै राइट टु रिजेक्ट र रिकलका लागि सर्वोच्च अदालतमा रीट दायर गरी निर्देशनात्मक आदेश जारी गराई उन्नत लोकतन्त्रको अवधारणा विकसित गर्दै यस पूर्व नै पार्टीको रुपमा गठित भई निर्वाचन आयोगमा फाइल दर्ता गरी प्रमाण पत्र लिन मात्र बाँकी रहेको अवस्थामा सो पार्टीले हाम्रो चुनाव चिन्ह खुला किताब प्रस्ताव गरेको र निर्वाचन आयोगले प्रदान गर्ने निर्णय गर्न लागेको भए हामी कानुनी प्रक्रियामा जाने जानकारी गराउँछौँ ।’

उनले एमाले समाजवादी पार्टीलाई निर्वाचन चिन्हबारे पुनर्विचार गर्न समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ७ : ०७ बजे

शाखा अधिकृत भन्दै सरकारी पोशाकमै सिंहदरबार पसेर ठग्थे समन

काठमाडौं- आफूलाई लोकसेवा आयोगबाट नियुक्त शाखा अधिकृत भन्दै नक्कली कागजात

शीतल निवासले खोल्यो सरकार-तीन दल संवादको ढोका, अब बालुवाटारमा जुट्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा तीन दलका शीर्ष नेता शेरबहादुर

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण