माधव नेपाल पक्षले प्रस्ताव गरेको चुनाव चिन्ह प्रति उन्नत लोकतन्त्र पार्टीको आपत्ति « Khabarhub

माधव नेपाल पक्षले प्रस्ताव गरेको चुनाव चिन्ह प्रति उन्नत लोकतन्त्र पार्टीको आपत्ति


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवगठित माधव नेपाल नेतृत्वको नेकपा एमाले समाजवादी पार्टीले चुनाव चिन्ह खुला किताब प्रस्ताव गरेकोप्रति उन्नत लोकतन्त्र पार्टीले गम्भीर आपत्ति जनाएको छ ।

सो पार्टीका अध्यक्ष स्वागत नेपालले विज्ञप्ति जारी गर्दै आफूहरुले प्रस्ताव गरेको चिन्ह नै माधव नेपाल पक्षले प्रस्ताव गरेकोमा आपत्ति जानएका हुन् ।

निर्वाचन आयोगले उक्त चुनाव चिन्ह प्रदान गरे आफूहरु कानूनी प्रक्रियामा जाने समेत बताएका छन् ।

अध्यक्ष स्वागत नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ ११ वर्षअघि नै राइट टु रिजेक्ट र रिकलका लागि सर्वोच्च अदालतमा रीट दायर गरी निर्देशनात्मक आदेश जारी गराई उन्नत लोकतन्त्रको अवधारणा विकसित गर्दै यस पूर्व नै पार्टीको रुपमा गठित भई निर्वाचन आयोगमा फाइल दर्ता गरी प्रमाण पत्र लिन मात्र बाँकी रहेको अवस्थामा सो पार्टीले हाम्रो चुनाव चिन्ह खुला किताब प्रस्ताव गरेको र निर्वाचन आयोगले प्रदान गर्ने निर्णय गर्न लागेको भए हामी कानुनी प्रक्रियामा जाने जानकारी गराउँछौँ ।’

उनले एमाले समाजवादी पार्टीलाई निर्वाचन चिन्हबारे पुनर्विचार गर्न समेत आग्रह गरेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ७ : ०७ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका