कैद र जरिवाना तोकिएका फरार दुई जना पक्राउ « Khabarhub

कैद र जरिवाना तोकिएका फरार दुई जना पक्राउ


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अदालतबाट कैद सजाय र लाखौँ जरिवाना तोकिएका फरार दुई व्यक्तिलाई प्रहरीले आज काठमाडौँबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँको दक्षिणकाली नगरपालिका– ३ बस्ने ४० वर्षका समुन्द्रकेशर केसी र काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका घर भई काठमाडौँको डल्लु बस्ने ४८ वर्षीय श्यामप्रसाद धिनाजु श्रेष्ठ रहेका छन् ।

प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार काठमाडौँको चौमतीबाट पक्राउ परेका केसीलाई अदालतले १५ दिन कैद र रु ३० लाख जरिवाना तथा बसपार्कबाट पक्राउ परेका श्रेष्ठलाई ६ दिन कैद र रु १० लाख जरिवाना हुने फैसला सुनाएको थियो ।

उनीहरुले आफ्नो खातामा पर्याप्त रकम नभएको जानी जानी पीडितलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भएको थियो ।

त्यसपछि फरार रहेका उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले पक्राउ गरी आजै फैसला कार्यान्वयनको लागि अदालतमा पेश गरेको जनाइएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ८ : ४५ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका