मेगा बैंकका यी ९ वटा एक्सटेन्सन काउन्टर अब शाखा कार्यालयमा स्तरोन्नति « Khabarhub

मेगा बैंकका यी ९ वटा एक्सटेन्सन काउन्टर अब शाखा कार्यालयमा स्तरोन्नति


२ भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मेगा बैंक नेपाल लिमिटेडले विभिन्न स्थानहरुमा सञ्चालनमा रहेका ९ वटा एक्सटेन्सन काउन्टरहरुलाई स्तरोन्नति गर्दै शाखा कार्यालयमा परिणत गरेको छ ।

बैंकले भदौ १ गतेदेखि देशका विभिन्न स्थानमा सञ्चालनमा रहेको एक्सटेन्सन काउन्टर शाखा कार्यालयमा स्तरोन्नति गरेको हो ।

स्तरोन्नति हुने एक्सटेन्सन काउन्टरहरूमा झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ मा रहेको शिवसताक्षी एक्सटेन्सन काउन्टर, मोरङ जिल्लाको धनपालथान गाउँपालिका वडा नम्बर ४ मा रहेको धनपालथान एक्सटेन्सन काउन्टर, सुनसरी जिल्लाको कोशी गाउँपालिका वडा नम्बर १ मा रहेको कोशी एक्सटेन्सन काउन्टर, धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ७ मा रहेको मिथिला बिहारी एक्सटेन्सन काउन्टर, धनुषा जिल्लाकै नागराईन नगरपालिका वडा नम्बर २ मा रहेको नागराईन एक्सटेन्सन काउन्टर रहेका छन् ।

त्यस्तै, बैंकले अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ३ मा रहेको मालारानी एक्सटेन्सन काउन्टर, पाल्पा जिल्लाको माथागढी गाउँपालिका वडा नम्बर ४ मा रहेको माथागढी एक्सटेन्सन काउन्टर, गुल्मी जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ मा रहेको रुरु एक्सटेन्सन काउन्टर र दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ मा रहेको शैल्यशिखर एक्सटेन्सन काउन्टर गरी जम्मा ९ वटा एक्सटेन्सन काउन्टरहरुलाई बैंकले भदौ १ गतेबाट शाखामा स्तरोन्नति गरेको हो ।

यस अघि नै बैंकले सुनसरी जिल्लाको बराहाक्षेत्र गाउँपालिका वडा नम्बर ६ मा रहेको एक्स्टेन्सन काउन्टरलाई पनि शाखामा स्तरोन्नति गरिसकेको छ । अब यी सबै शाखाहरुबाट निक्षेप एवं कर्जाको कारोबारका साथै अन्य बैंकिङ सेवा तथा सुविधाहरु प्राप्त गर्न सकिने छ ।

योसँगै अब मेगा बैंकको शाखा संख्या १९९ पुगेको छ भने एक्सटेन्सन काउन्टरहरुको संख्या २४ कायम भएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७८, बुधबार  ११ : ३१ बजे

सिँचाइ विकाससँगै कृषि उत्पादन र रोजगारी विस्तारमा मन्त्री श्रेष्ठको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा– पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा बढीको

‘गरिमालाई न्याय हरेक छोरीको सुरक्षा हो’

न्यायको प्रक्रिया नबिगारौँ, विधि र संविधानभित्रै बसेर गरिमाहरूलाई न्याय दिऔँ

अस्ट्रेलियामा स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको पहिलो सङ्क्रमण पुष्टि

मेलबर्न– अस्ट्रेलियामा पहिलोपटक स्तनधारी जीवमा एच–५ बर्ड फ्लुको सङ्क्रमण पुष्टि

टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते

टोकियो– जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको