किन महत्वपूर्ण छ दक्षिणवर्ती शंख ? लाभ पाउन यसरी गर्नुहोस् पूजा « Khabarhub

किन महत्वपूर्ण छ दक्षिणवर्ती शंख ? लाभ पाउन यसरी गर्नुहोस् पूजा


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

हिन्दू धार्मिक मान्यता अनुसार देवता र असुरले मिलेर जब क्षीरसागरको मन्थन गरेका थिए, त्यस समय निस्केको १४ रत्न मध्ये शंख पनि एक थियो । शंखलाई पवित्र मानिन्छ भने यसको ध्वनीले सकारात्मक माहोल बनाउने विश्वास गरिन्छ ।

सनातन धर्ममा लगभग सबै देवी–देवताको पूजामा शंख बजाउने गरीन्छ । भगवान विष्णु र माता लक्ष्मीलाई शंख अत्यन्त प्यारो रहेको विश्वास गरीन्छ । तसर्थ दैनिक लक्ष्मीका साथै शंखको पूजा गरेमा कैयौं समस्या नाश हुने धार्मिक विश्वास गरिन्छ ।

माता लक्ष्मीलाई दक्षिणावर्ती शंख विशेष प्यारो रहेको मानिन्छ । मान्यता अनुसार घरमा दक्षिणावर्ती शंख राख्दा माता लक्ष्मीको निवास सदैव रहने विश्वास गरीन्छ । दरिद्रताबाट उन्मुक्ति पाउन वा आर्थिक अभावबाट बच्न घरमा दक्षिणावर्ती शंख राख्ने गरिन्छ । यसैको माध्यमले धनकी देवी लक्ष्मीको कृपा पाउने विश्वास छ ।

घरमा शंख राख्ने तरिका

यो शंख घरमा राख्दा पहिले यसलाई शुद्ध पारेर मात्र भित्र्याउनु पर्दछ । घर भित्र्याएसंगै विधि–विधानपूर्वक यसको पूजा गरी घरमा स्थापित गर्नु पर्दछ । दैनिक माता लक्ष्मीको पूजा गर्दा शंखको पनि अनिवार्य पूजा गर्नुपर्ने धार्मिक विश्वास छ ।

दक्षिणावर्ती शंखको लाभ

– व्यापारमा घाटा वा समस्या आइरहेको छ भने वा धनको हानि भइरहेको छ भने पसल वा कार्यस्थलमा भगवान विष्णुको प्रतिमा वा तस्बिरसामु दक्षिणावर्ती शंख राख्नु पर्दछ । लक्ष्मीको तस्बिर पनि साथै राखेर शंखको पूजा गरी शंखमा गंगाजल भरेर पसल वा कार्यस्थलमा छर्कनु पर्दछ । यसो गरेमा आर्थिक सम्वृद्धि आउने धार्मीक विश्वास छ ।

– दाम्पत्य जीवनमा आएको खटपट वा समस्या नाश गरी सम्बन्धमा मधुरता ल्याउन सानो दक्षिणावर्ती शंख सीसाको बटुकामा राखेर बेड छेउवा राख्नुपर्ने धार्मीक मान्यता छ । यसो गरे कोठाको नकारात्मक उर्जा नाश भइ सम्बन्धमा मिठास आउने विश्वास गरिन्छ ।

– रोग, कलहबाट बच्न शंखको पूजा गर्दा तुलसी अर्पित गरे समस्या नाश हुने धार्मीक विश्वास गरिन्छ ।

स्रोत- जी न्यूज

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ६ : ०० बजे

नेपाली सेनाको हरिहरपुरगढी–सिन्धुलीगढी पदयात्रा समापन

सिन्धुलीगढी– नेपाली सेनाको मध्यपूर्वी पृतनाले सिन्धुलीको हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म सञ्चालन गरेको

कुलमानको स्पष्टीकरण : मन्त्री बन्दा नै राजनीतिमा जान्छु भनेको थिएँ

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछिको सरकारमा

बालेनको चुनावी दौडाहा : तेह्रथुम पुगेर म्याङलुङ देवीको दर्शन

तेह्रथुम– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले तेह्रथुमस्थित

ओलीलाई पाण्डेको जवाफ : ‘नेतृत्वका अभिव्यक्तिले कार्यकर्ताको मनोबल घटाउँदैछ’

काठमाडौं– नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन