किन महत्वपूर्ण छ दक्षिणवर्ती शंख ? लाभ पाउन यसरी गर्नुहोस् पूजा « Khabarhub

किन महत्वपूर्ण छ दक्षिणवर्ती शंख ? लाभ पाउन यसरी गर्नुहोस् पूजा


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

हिन्दू धार्मिक मान्यता अनुसार देवता र असुरले मिलेर जब क्षीरसागरको मन्थन गरेका थिए, त्यस समय निस्केको १४ रत्न मध्ये शंख पनि एक थियो । शंखलाई पवित्र मानिन्छ भने यसको ध्वनीले सकारात्मक माहोल बनाउने विश्वास गरिन्छ ।

सनातन धर्ममा लगभग सबै देवी–देवताको पूजामा शंख बजाउने गरीन्छ । भगवान विष्णु र माता लक्ष्मीलाई शंख अत्यन्त प्यारो रहेको विश्वास गरीन्छ । तसर्थ दैनिक लक्ष्मीका साथै शंखको पूजा गरेमा कैयौं समस्या नाश हुने धार्मिक विश्वास गरिन्छ ।

माता लक्ष्मीलाई दक्षिणावर्ती शंख विशेष प्यारो रहेको मानिन्छ । मान्यता अनुसार घरमा दक्षिणावर्ती शंख राख्दा माता लक्ष्मीको निवास सदैव रहने विश्वास गरीन्छ । दरिद्रताबाट उन्मुक्ति पाउन वा आर्थिक अभावबाट बच्न घरमा दक्षिणावर्ती शंख राख्ने गरिन्छ । यसैको माध्यमले धनकी देवी लक्ष्मीको कृपा पाउने विश्वास छ ।

घरमा शंख राख्ने तरिका

यो शंख घरमा राख्दा पहिले यसलाई शुद्ध पारेर मात्र भित्र्याउनु पर्दछ । घर भित्र्याएसंगै विधि–विधानपूर्वक यसको पूजा गरी घरमा स्थापित गर्नु पर्दछ । दैनिक माता लक्ष्मीको पूजा गर्दा शंखको पनि अनिवार्य पूजा गर्नुपर्ने धार्मिक विश्वास छ ।

दक्षिणावर्ती शंखको लाभ

– व्यापारमा घाटा वा समस्या आइरहेको छ भने वा धनको हानि भइरहेको छ भने पसल वा कार्यस्थलमा भगवान विष्णुको प्रतिमा वा तस्बिरसामु दक्षिणावर्ती शंख राख्नु पर्दछ । लक्ष्मीको तस्बिर पनि साथै राखेर शंखको पूजा गरी शंखमा गंगाजल भरेर पसल वा कार्यस्थलमा छर्कनु पर्दछ । यसो गरेमा आर्थिक सम्वृद्धि आउने धार्मीक विश्वास छ ।

– दाम्पत्य जीवनमा आएको खटपट वा समस्या नाश गरी सम्बन्धमा मधुरता ल्याउन सानो दक्षिणावर्ती शंख सीसाको बटुकामा राखेर बेड छेउवा राख्नुपर्ने धार्मीक मान्यता छ । यसो गरे कोठाको नकारात्मक उर्जा नाश भइ सम्बन्धमा मिठास आउने विश्वास गरिन्छ ।

– रोग, कलहबाट बच्न शंखको पूजा गर्दा तुलसी अर्पित गरे समस्या नाश हुने धार्मीक विश्वास गरिन्छ ।

स्रोत- जी न्यूज

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ६ : ०० बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,