अमेरिकासँग ६ विकेटले हार्‍यो नेपाल  « Khabarhub

अमेरिकासँग ६ विकेटले हार्‍यो नेपाल 


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपाल अमेरिकासँग पराजित भएको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको हो । १ सय ७५ रनको लक्ष्य अमेरिकाले २९ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पूरा गरेको हो ।

अमेरिकाको जितमा स्टेभेन टेलरले ९२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मोनान्क पटेलले अविजित ३८ रन, जस्करण मल्होत्राले अविजित ३६ रन बनाए । नेपालका सन्दीप लामिछाने र करण केसीले २/२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८ ओभरमा अलआउट हुँदै १ सय ७४ रन बनाएको थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ५५ रन बनाए । ओमान भ्रमणमा उनको यो पहिलो अर्धशतक हो । जारी प्रतियोगितामा अर्धशतक बनाउने उनी तेस्रो नेपाली ब्याट्सम्यान हुन् । यसअघि कुशल भुर्तेल र आसिफ शेखले अर्धशतक बनाएका थिए ।

एक खेलाडी परिवर्तन गरेर मैदानमा उत्रिएको नेपालले शुक्रबार अमेरिकाविरुद्ध विर्सनलायक ब्याटिङ गर्‍यो । ५ रनको स्कोरमा ओपनर आसिफ शेख ३ रनमा आउट भए भने रोहित पौडल मात्र २ रन पेवेलिएन फर्किए । यस्तै कुशल भुर्तेलले ३६ रन बनाउँदा बिनोद भण्डारीले १० रनको योगदान दिए ।

नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेका गुल्सन झाले २८ रनको योगदान दिए भने करण केसीले १२ रन बनाए । कुशल मल्ल शून्यमा आउट भए ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ६ : ३८ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो