राष्ट्रिय फुटसल आजबाट सुरु हुँदै, एएफसी एसियन कप छनोटका लागि खेलाडी छानिने « Khabarhub

राष्ट्रिय फुटसल आजबाट सुरु हुँदै, एएफसी एसियन कप छनोटका लागि खेलाडी छानिने


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजबाट राष्ट्रिय ’ए’ डिभिजन फुटसल लिग प्रतियोगिता सुरु हुँदैछ ।

शनिबार पोखराको बहुउद्देशीय कभर्डहलमा पहिलो पटक म्याटमा ए डिभिजन फुटसल आयोजना हुन लागको हो । यसअघि एन्फाले आर्टिफिसियल टर्पमा प्रतियोगिता गराएर म्याटमा छनोट खेल खेल्न जाने गरेको थियो ।

लिगको उद्घाटन खेलमा आज द राइजिङ क्लब धरान र स्काई गोल काठमाडौँबीच प्रतिस्पर्धा हुनेछ । आजै हुने दोस्रो खेलमा स्पोर्ट्स क्यासल पोखरा र प्रभातफेरी युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

१० टोली सहभागी फुटसल लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ ।

यस्तै उत्कृष्ट गोलकिपर, उत्कृष्ट विंगर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षक र इमर्जिङ खेलाडीले समान २५ हजार पाउने एन्फाले जनाएको छ । म्यान अफ दि म्याचले ५ हजार पाउने छन् ।

कर्मा छिरिङ शेर्पाको नेतृत्वमा कार्यसमिति आएपछि एन्फाले आयोजना गरेको यो पहिलो फुटसल लिग हो । यसअघि एन्फाले एएफसी फुटसल छनोटमा सहभागी हुन खुल्ला छनोट गरेर खेलाडीलाई इरान लगेको थियो ।

चेन्ज एन्फा, सामुहिक एकता, विकेन्द्रीकरण, आर्थिक पारदर्शितालगायत मुद्दासहित एन्फाको नेतृत्वमा आएका कर्मा छिरिङले सुरुमा आफूनिकट रहेका दावा लामालाई फुटसल कमिटी संयोजक नियुक्त गरेका थिए ।

तर पछि वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङको रोहबरमा आफू विरोधी कार्य गरेको भन्दै कर्माले दावाको संयोजक पद खोस्दै आफूनिकट रहेका रत्नकुमार श्रेष्ठलाई संयोजक नियुक्त गरेका थिए ।

एन्फाले यो प्रतियोगिताबाट एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिताका लागि खेलाडी छनोट गर्नेछ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ८ : ४५ बजे

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– दीपक मनाङे नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा प्रवेश गरेका

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको

ऊर्जा क्षेत्रमा ४० खर्ब लगानी भित्र्याउन कानुनी सुधारको खाँचो

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत असोज २ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिदाइ

तस्बिरमा हेर्नुहोस्, बाढीले क्षतविक्षत नारायणी किनार  

चितवन– निरन्तरको वर्षापछि नारायणी नदीमा आएको बाढीले नारायणगढस्थित नदी किनारमा ठूलो