बँदेललाई थापेको विद्युतीय धरापमा परी एकै परिवारका तीन जनाको मृत्यु « Khabarhub

बँदेललाई थापेको विद्युतीय धरापमा परी एकै परिवारका तीन जनाको मृत्यु


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बर्दियामा बँदेललाई मार्न राखिएको विद्युतीय धरामपमा परी एकै परिवारका तीन जनाको ज्यान गएको छ ।

बँदेल मार्नका लागि राखेको विद्युतीय धरापमा परेर बर्दियास्थित ठाकुरबाबा नगरपालिका –३ का ३१ वर्षका बालकृष्ण थारु, उनकी श्रीमती २७ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको ज्यान गएको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले बताए ।

शुक्रबार राति करिब १०ः३० बजेको समयमा उक्त घटना घटेको प्रहरीको भनाइ छ ।

बँदेल मार्नका लागि ठाकुरबाबा नगरपालिका बस्ने ८३ वर्षका राजबहादुर शाहीले आफनै खेतमा विद्युतीय पासो लगाएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १० : ०२ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको