अभिनेता साहिल खानहित पाँचविरुद्ध मुद्धा दर्ता « Khabarhub

अभिनेता साहिल खानहित पाँचविरुद्ध मुद्धा दर्ता


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(न्यूजनेसनटीभी)– मुम्बई प्रहरीले बलिउड अभिनेता साहिल खानसहित पाँचविरुद्ध प्रख्यात बडी बिल्डर र पूर्व ‘मिस्टर इण्डिया’ मनोज पाटिललाई आत्महत्याका लागि उक्साएको आरोपमा शुक्रबार मुद्धा दर्ता गराएको छ ।

बिहीबार बिहान आत्महत्याको प्रयास गरेका पाटिलको बीएमसीद्वारा सञ्चालित आरएन कूपर अस्पताल विले पार्लेमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार पाटिलले ओशिवाराको सैलीला अपार्टमेन्टमा रहेको घरमा केही औषधि खाएर आत्महत्याको प्रयास गरेका थिए । तर उनको परिवारले उनलाई तुरुन्तै अस्पताल पुर्याएपछि उनको ज्यान जोगिएको थियो ।

२९ वर्षे पाटिल मोडलिङमा व्यस्त कलाकार हुन् । हालैमात्र उनले ओशिवारा प्रहरीमा एक उजुरी दर्ता गर्दै आफूलाई खान र अन्य व्यक्तिहरुले पेशागत करियरमा अवरोध सिर्जना गरेको र सामाजिक सञ्जालको माध्यमबाट बद्नाम गर्न खोजेको आरोप लगाएका थिए ।

प्रहरीले पाटिलको पत्रलाई प्राथमिकता दिएर दर्ता गराएको छ । पाटिल पूर्ण रुपमा स्वस्थ भएपछि उनको बयान लिइने र त्यसका आधारमा पीडकलाई पक्राउ गरिने जनाएको छ । तर खानले भने आफूमाथि पाटिलले लगाएको सबै आरोपको खण्डन गरेका छन् ।

प्रहरीले खान र अन्यविरुद्ध भारतीय दण्ड संहिताको धाराअनुसार आत्महत्याका लागि उक्साएको, अपराध गर्ने प्रयास, मानहानी, आपराधिक धम्कीलगायतका विषयमा मुद्धा दर्ता गराएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ११ : ५१ बजे

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन