प्रयोगविहिन बने जुम्लाका खानेपानी ट्यांकी « Khabarhub

प्रयोगविहिन बने जुम्लाका खानेपानी ट्यांकी


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला–चन्दननाथ नगरपालिका–४ मालाभिड गाउँका माथिल्लो बस्तीका ३५ घरधुरीमा खानेपानीको चरम संकटबाट गुज्रिरहेका छन् ।

गाउँको माथिल्लो भेगका लागि खानेपानी ट्यांकी पनि बनेको छ, तर प्रयोगमा छैन । ट्यांकी निर्माण गर्न १५ लाख बजेट सकियो । तर गाउँलेका घरमा खानेपानीका धारा भने आएनन् ।

वर्षेनी राज्यको लगानीमा खानेपानीका संरचना बन्ने, तर प्रयोगमा नआउँदा बजेट मात्रै खर्च हुने गरेको स्थानीय गणेश पण्डितले बताए । ‘उपभोक्ता समितिले हचुवाको तालमा बजेट खर्च गरेर संरचना निर्माण गरेका कारण अहिले नागरिकले खानेपानी खान नपाएका हुन् । जुम्ला सदरमुकाम खलंगाको मालाभिड गाउँ एउटा उदाहरण मात्रै हो,’ उनले भने ।

चन्दननाथ नगरपालिकामा १० वटा वडा छ । चार हजार दुई सय ७१ घरधुरीमा २० हजार आठ सय ८४ जनसंख्या छन् । एक हजार ६ सय घरधुरीमा खानेपानीका धारा जडान छन् । नगरपालिकाका १० मध्ये, १, ४, ५, ६ र ७ वडाका केही गाउँमा खानेपानी धारा सञ्चालनमा छन् । अहिले पनि ७०÷८० वटा निवेदन खानेपानी धारा जडानका लागि खलंगा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिमा थन्किएर बसेका छन् ।

खलंगामा अहिले तीव्र गतिमा जनसंख्या वृद्धिसँगै बर्षेनि एक सयभन्दा बढी घर निर्माण हुने गरेका छन् । सबै घरधुरीमा खानेपानी पर्याप्त मात्रामा पुर्याउने उद्देश्यका साथ खानेपानीका ट्यांकी निर्माण भए पनि अहिले कतिपय ट्यांकी प्रयोगविहीन अवस्थामा छन् ।

जुम्ला सदरमुकाम खलंगामा खानेपानी संकट उत्पन्न भएपछि तिला नदीको पानी खाने गरेका धर्मराज बोहरा भन्छन्, ‘हामी खानेपानी अभावले भौंतारिएका छौं, नदीबाट सिधै ल्याएर पानी खान बाध्यछौ । तर करोडौँ रकम खर्चेर फिल्टर ट्यांकी बन्दै छ । बर्खाको समयमा पनी बाढी मिसिएको धमिलो पानी खान नपाएका हामी लाई त्यो फिल्टर ट्यांकीले कुनै अर्थ राखेको छैन । ठिन्केस्थित पानी फिल्टर ट्यांकी कहिले बन्ने हो कुनै ठेगान छैन ।’ चार लाख लिटर पानी अट्ने फिल्टर ट्यांकी प्रयोगमा नआउँदै जिर्ण बन्दै गएको छ ।

संघीयतापछि खानेपानी कार्यालय फेरबदल र बजेट अभावका कारण यस्तो समस्या आएको खानेपानी उपभोक्ता समिति जुम्लाले जनाएको छ । बजेट अभावको बहाना देखाए पनि फिल्टर ट्यांकी निर्माण भनेर बर्षेनि राज्यको लगानी खेर गइरहेको छ ।

खानेपानी कार्यालय जुम्लाका सवइन्जिनियर प्रकाश परियार भन्छन्, ‘खानेपानीका संरचना बनेका छन् । यो वर्ष ९० प्रतिशत काम सम्पन्न गर्ने योजना बनाएका छौँ ।’ उनका अनुसार फिल्टर ट्यांकीमा पानी फिल्टर गर्न चाहिने गिट्टी र बालुवा जुम्लामा नपाइने भएकाले दाङबाट ल्याउनुपर्ने हुनाले काममा ढिलासुस्ती भएको छ ।

खलंगा खानेपानी उपभोक्ता समितिका महासचिव मीनबहादुर थापाले पर्याप्त खानेपानीका लागि ट्यांकीका संरचना बनेको बताए । ‘चार लाख लिटर क्षमताको ट्यांकी बने पनि मूल पाइपलाइनका काम बाँकी छ ।’

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १ : २७ बजे

मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

ढोरपाटन– एकदशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको सहज पहुँच थिएन

कुलमानविरुद्ध रवि सिंहको आक्रोश : मन्त्रीको डनगिरीले निर्माण क्षेत्र धराशायी

काठमाडौं- उर्जा, जलस्रोत तथा सिचाई, भौतिक पूर्वाधार तथा यातायात र

रवि–बालेन एकताको सेयर बजारमा प्रभाव : ४७ अंकले बढ्यो नेप्से

काठमाडौं– शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन्द्र साह ‘बालेन’

एमालेमा अध्यक्ष ओलीपछिको दोस्रो वरीयता उपाध्यक्ष बादललाई

काठमाडौं- नेकपा एमालेले एघारौँ महाधिवेशनपछि नेताहरूको वरीयता करिब तय गरेको

काठमाडौंमा उत्पादित रायोको सागमा भेटियो झण्डै शतप्रतिशत विषादी 

काठमाडौं– काठमाडौंमा उत्पादित रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ