सोनू सूदमाथि २० करोड रुपैंयाँ करछलीको आरोप | Khabarhub Khabarhub

सोनू सूदमाथि २० करोड रुपैंयाँ करछलीको आरोप


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– बलिउड अभिनेता सोनू सूद कर चोरी मामलामा मुछिएका छन् । उनको घरमा पछिल्लो तीन दिनयता आयकर विभागले सर्वे अपरेशन चलाइरहेको छ । शनिवार पनि आईटीको टिमले सर्वे गरिरहेको छ ।

सोनूलाई लिएर आइटी अधिकारीहरुले एउटा ठूलो खुलासा गरेका छन् । विभागले सोनू आबद्ध स्थानमा खानतलासीपछि २० करोड रुपैंयाँको करछली, २ दशमलब १ करोड रुपैंयाँको अवैध विदेशी धन, ६५ करोड रुपैंयाँको फर्जी लेनदेन, जयपुरस्थित एक इन्फ्रा फार्मसँग १ सय ७५ करोड रुपैंयाँको सर्कुलर लेनदेन गरेको दाबी गरेको छ ।

आयकर विभागले शनिबार सोनूले २० करोडको करछली गरेको बताएको छ । उनको च्यारिटी फाउण्डेसन र सोनूले चलाउने एक एनजिओबाट २ दशमलब १ करोडको विदेशी अवैध चन्दा भेटिएको विभागले जनाएको छ । विभागले मुम्बई, लखनऊ, कानपुर, जयपुर, दिल्ली र गुरूग्रामसहित २८ स्थानमा सर्च अपरेसन गरेको थियो ।

सोनूमाथि आईटी अधिकारीहरुले सोनूले कैयौं फर्जी संस्थाहरुबाट फर्जी र असुरक्षित ऋणका रुपमा हिसाब नै नगरिएको पैसा जम्मा गरेको आरोप लगाएका छन् । सोनूले सन् २०२० को जुलाईमा सोनू च्यारिटी फाउण्डेसन स्थापना गरेका थिए । विभागका अनुसार यो फाउण्डेसनले सन् २०२१ को अप्रिल १ देखि हालसम्म १८ दशमलब ९४ करोड रुपैंयाँको सहयोग पाएको छ ।

यो सहयोगमध्ये फाउण्डेसनले १ दशमलब ९ करोड रुपैंयाँ अलग अलग राहत कार्यमा खर्च गरेको छ । बाँकी १७ करोड रुपैंयाँ हालसम्म बैंकको खातामा छ । जसको कुनै प्रयोग गरिएको छैन ।

अनुसन्धानमा फाउण्डेसनको क्राउड फण्डिङ प्लेटफर्ममा विदेशी दाताबाट १ दशमलब १ करोड रुपैंयाँ राशी जुटाइएको भेटिएको छ । जुन एफसीआरएको नियम विपरित हो ।

विभागले लखनऊको एक उत्पादक समूहसँग जोडिएको अलग अलग स्थानमा छानविन गरेको छ । यो समूहसँग सोनू पनि जोडिएका छन् । छानविन पछि यो कम्पनीमार्फत कैयौं फर्जी बिल, ६५ करोडको फर्जी सम्झौता भएको खुलासा गरिएको छ ।

छानविनमा हिसाब नै नगरिएको नगद खर्च, कबाडीको बेहिसाब बिक्री र डिजिटल डेटाबाट बिना हिसाबको नगद लेनदेन गरिएको पाइएको छ । विभागले १ दशमलब ८ करोड क्यास र ११ लकर रिकभर गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १ : ५६ बजे

जेन–जी पुस्तालाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउन शिवाकोटीको जोड

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसले

दक्षिण अफ्रिकाले जित्याे टेस्ट च्याम्पियनसिपको उपाधि

काठमाडौं – दक्षिण अफ्रिकाले आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको

आजबाट बंगलादेशसँग बिजुली बिक्री सुरू

काठमाडौं – नेपालले आजबाट बंगलादेशमा ४० मेगावाट विद्युत व्यवसायीक रूपमा

तनहुँ प्रशासनमा बिहान ७ बजेदेखि सेवा

तनहुँ – जिल्ला प्रशासन कार्यालय तनहुँले नागरिकता र राष्ट्रिय परिचयपत्रका