सोनू सूदमाथि २० करोड रुपैंयाँ करछलीको आरोप « Khabarhub

सोनू सूदमाथि २० करोड रुपैंयाँ करछलीको आरोप


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– बलिउड अभिनेता सोनू सूद कर चोरी मामलामा मुछिएका छन् । उनको घरमा पछिल्लो तीन दिनयता आयकर विभागले सर्वे अपरेशन चलाइरहेको छ । शनिवार पनि आईटीको टिमले सर्वे गरिरहेको छ ।

सोनूलाई लिएर आइटी अधिकारीहरुले एउटा ठूलो खुलासा गरेका छन् । विभागले सोनू आबद्ध स्थानमा खानतलासीपछि २० करोड रुपैंयाँको करछली, २ दशमलब १ करोड रुपैंयाँको अवैध विदेशी धन, ६५ करोड रुपैंयाँको फर्जी लेनदेन, जयपुरस्थित एक इन्फ्रा फार्मसँग १ सय ७५ करोड रुपैंयाँको सर्कुलर लेनदेन गरेको दाबी गरेको छ ।

आयकर विभागले शनिबार सोनूले २० करोडको करछली गरेको बताएको छ । उनको च्यारिटी फाउण्डेसन र सोनूले चलाउने एक एनजिओबाट २ दशमलब १ करोडको विदेशी अवैध चन्दा भेटिएको विभागले जनाएको छ । विभागले मुम्बई, लखनऊ, कानपुर, जयपुर, दिल्ली र गुरूग्रामसहित २८ स्थानमा सर्च अपरेसन गरेको थियो ।

सोनूमाथि आईटी अधिकारीहरुले सोनूले कैयौं फर्जी संस्थाहरुबाट फर्जी र असुरक्षित ऋणका रुपमा हिसाब नै नगरिएको पैसा जम्मा गरेको आरोप लगाएका छन् । सोनूले सन् २०२० को जुलाईमा सोनू च्यारिटी फाउण्डेसन स्थापना गरेका थिए । विभागका अनुसार यो फाउण्डेसनले सन् २०२१ को अप्रिल १ देखि हालसम्म १८ दशमलब ९४ करोड रुपैंयाँको सहयोग पाएको छ ।

यो सहयोगमध्ये फाउण्डेसनले १ दशमलब ९ करोड रुपैंयाँ अलग अलग राहत कार्यमा खर्च गरेको छ । बाँकी १७ करोड रुपैंयाँ हालसम्म बैंकको खातामा छ । जसको कुनै प्रयोग गरिएको छैन ।

अनुसन्धानमा फाउण्डेसनको क्राउड फण्डिङ प्लेटफर्ममा विदेशी दाताबाट १ दशमलब १ करोड रुपैंयाँ राशी जुटाइएको भेटिएको छ । जुन एफसीआरएको नियम विपरित हो ।

विभागले लखनऊको एक उत्पादक समूहसँग जोडिएको अलग अलग स्थानमा छानविन गरेको छ । यो समूहसँग सोनू पनि जोडिएका छन् । छानविन पछि यो कम्पनीमार्फत कैयौं फर्जी बिल, ६५ करोडको फर्जी सम्झौता भएको खुलासा गरिएको छ ।

छानविनमा हिसाब नै नगरिएको नगद खर्च, कबाडीको बेहिसाब बिक्री र डिजिटल डेटाबाट बिना हिसाबको नगद लेनदेन गरिएको पाइएको छ । विभागले १ दशमलब ८ करोड क्यास र ११ लकर रिकभर गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १ : ५६ बजे

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन ‘अपरेसन इलिगल एजेन्ट क्लिन-अप’

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीको क्षेत्रमा