म सभापतिको रेसबाट हट्दिनँ : सिंह « Khabarhub

म सभापतिको रेसबाट हट्दिनँ : सिंह


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताएका छन् । पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधि बढिरहेको भन्दै विवाद भएका जिल्लामा विधि विधानअनुसार समाधान गर्नुपर्ने उनको भनाइ छ ।

नेता सिंहले सभापति देउवा इतर समूहबाट साझा उम्मेद्वारको सम्भावना अझै नसकिएको भन्दै त्यसका लागि निरन्तर छलफल भइरहेको जानकारी दिए । तर आफू सभापतिको उम्मेवारबाट पछि नहट्ने उनको भनाइ छ । इतर समूहमा सझा उम्मेदवारका लागि छलफल भइरहेको भए पनि निस्कर्ष ननिस्केको उनले बताए । तर आफू जिल्लादेखि केन्द्रसम्म अगाडि बढेको भन्दै सभापतिका लागि आफ्नो उम्मेदवारी उपयुक्त भएको बताए ।

सभापति शेरबहादुर देउवा इतर समूहमा सिंहका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराmा र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् ।

सरकारका विषयमा बोल्दै नेता सिंहले सत्ता गठबन्धनका केही दलभित्रको आन्तरिक व्यवस्थापनको अलमलले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको टिप्पणी गरे ।

गणेशमान सिंहको २५ओै स्मृति दिवसको अवसरमा गणेशमान सिंह फाउन्डेसनले शोभाभगवतिमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले गठबन्धनमा भएका दलहरुबीच कुरा नमिल्दा मन्त्रिपरिषद विस्तार हुनमा ढिलाइ भएको बताए । अब छिट्टै सरकारले पूर्णता पाउने उनको भनाइ थियो ।

 

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  २ : १७ बजे

बाढीको जोखिम कायमै : हिमतालमा बनेको ७ मिटर अग्लो प्राकृतिक बाँध जुनसुकै बेला फुट्ने चीनको चेतावनी

काठमाडौं– रसुवामा बाढीको जोखिम अझै कायमै रहेको बाढी पूर्वानुमान महाशाखाले

रसुवाको बाढीपछि नारायणी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मुख्यमन्त्री आचार्यको अपिल

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भोटेकोशी र त्रिशूली नदी

डब्लुएचओले बाढीपीडितलाई औषधि पठाउँदै

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आज बिहान

टिमुरे भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्क विहीन

काठमाडौं– रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्क

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा