रूपन्देहीका बाढीपहिरोपीडितलाई राहत सामग्री वितरण « Khabarhub

रूपन्देहीका बाढीपहिरोपीडितलाई राहत सामग्री वितरण


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भैरहवा– भारत सरकारको सहयोगमा रूपन्देहीका बाढीपहिरोपीडितलाई राहत वितरण गरिएको छ । शनिबार नेपाल भारत महिला मैत्री समाजको संयोजनमा रूपन्देहीको समरीमाइ गाउँपालिका५ का पीडितलाई राहत वितरण गरिएको हो ।

नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरीले भारत सरकारले विगतदेखि नै नेपालमा आएको विपदको बेला सहयोग गर्दै आएको बताइन् । राहत सामग्री नेपाल ल्याउन नेपाल सरकारले कर निःशुल्क गरिदिएकाले वितरण गर्न सजिलो भएको भन्दै उनले अर्थ मन्त्रालय र गृह मन्त्रालयलाई धन्यवाद दिइन् ।

‘एक सय ४५ परिवारलाई अस्थायी बसोबासका लागि ठूलो, मझौला र साना टेन्टलगायतका सामग्री करिब ४२ लाख बराबरको वितरण गरिएको छ,’ उनले बताइन ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ७ : ३० बजे

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न