रूपन्देहीका बाढीपहिरोपीडितलाई राहत सामग्री वितरण « Khabarhub

रूपन्देहीका बाढीपहिरोपीडितलाई राहत सामग्री वितरण


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

भैरहवा– भारत सरकारको सहयोगमा रूपन्देहीका बाढीपहिरोपीडितलाई राहत वितरण गरिएको छ । शनिबार नेपाल भारत महिला मैत्री समाजको संयोजनमा रूपन्देहीको समरीमाइ गाउँपालिका५ का पीडितलाई राहत वितरण गरिएको हो ।

नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरीले भारत सरकारले विगतदेखि नै नेपालमा आएको विपदको बेला सहयोग गर्दै आएको बताइन् । राहत सामग्री नेपाल ल्याउन नेपाल सरकारले कर निःशुल्क गरिदिएकाले वितरण गर्न सजिलो भएको भन्दै उनले अर्थ मन्त्रालय र गृह मन्त्रालयलाई धन्यवाद दिइन् ।

‘एक सय ४५ परिवारलाई अस्थायी बसोबासका लागि ठूलो, मझौला र साना टेन्टलगायतका सामग्री करिब ४२ लाख बराबरको वितरण गरिएको छ,’ उनले बताइन ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ७ : ३० बजे

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने

रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय

रसुवा– भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्पछि सिर्जित जटिल

पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-७ लामाबगरमा आज