नक्कली नोटसहित दुईजना भारतीय नागरिक पक्राउ | Khabarhub Khabarhub

नक्कली नोटसहित दुईजना भारतीय नागरिक पक्राउ


२ आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीको औरही नगरपालिका–१ औरहीबजारमा नेपाली नक्कली नोटसहित दुई जना भारतीय पक्राउ परेका छन् ।

औरही प्रहरी चौकीको गस्ती टोलीले शुक्रबार राति एकहजार दरका २२ थान नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय सीमावर्ती बस्ती सीतामढी जिल्लाको मनपौर गाउँका २१ वर्षीय पिन्टुकुमार राय र १२ वर्षीय रितेशकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

बजारको फलफुल र पान पसलमा सामान किन्दा नक्कली नोट दिएको भन्ने हल्लीखल्ली भएपछि प्रहरी गस्ती टोलीले बिआर ३०७ भी ९८८७ नम्बरको भारतीय स्कुटरमा आएका दुवैलाई नियन्त्रणमा लिएको थियो ।

नक्कली नोट पसलमा दिएर बजारबाट निस्कँदै गरेको भारतीय नम्बर प्लेटको स्कुटर रोकेर जाँच गर्दा सिटमुनि डिक्कीमा हजार दरका २२ वटा नक्कली नोट फेला परेको औरही प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजेशप्रसाद यादवले जानकारी दिए । सामान्य प्रचलनमा रहेका नेपाली एक हजार दरका नोटभन्दा छाम्दा पातलो लाग्ने र रङ्गसमेत अलि फिका देखिने नोट सामान्य परख गर्नेले सजिलै छुट्याउन सक्ने उनको भनाइ छ ।

पक्राउ परेका दुवैबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ९ : ४० बजे

मालिकाका ठूला आयोजना अधुरा

म्याग्दी– मालिका गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा ठेक्कामार्फत सञ्चालन

हेरोइनसहित सप्तरीबाट दुई जना पक्राउ

राजविराज– सप्तरीको  छिन्नमस्ता गाउँपालिका– १ बरहीविरपुरमा प्रहरीले हवाई फायर गरी

माथिल्लो सेती जलविद्युतमा कुमारी बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन

काठमाडौं– सुदूरपश्चिमको बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती

बयान फेरेपछि सरकारी साक्षीलाई लाग्यो भ्रष्टाचार मुद्दा

काठमाडौँ – भ्रष्टाचार मुद्दा अभियोजन क्रममा अदालतमा पेश गरिएका सरकारी

गोसाइँकुण्डमा गोताखोरको व्यवस्था गर्न माग

रसुवा– जनैपूर्णिमा पर्वका अवसरमा  पवित्र तीर्थ गोसाइँकुण्डको स्नान एवं पूजाआजा